कोभिड प्रतिकार्य सम्बन्धी स्वास्थ्य सामग्री हस्तान्तरण

भूकम्प पश्चात गोरखा जिल्लामा निजी आवास पुनर्निर्माणमा काम गरिरहेको भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको कार्यक्षेत्र रहेका गोरखाको २ नगरपालिका र ५ गाँउपालिकामा कोभिड १९ प्रतिक्रार्य सम्बन्धी स्वास्थ्य सामग्री हस्तान्त्रण गरेको छ । साथै, परियोजनालो गोरखा अस्पताल र आँप पिपल अस्पताल एवम् शव व्यवस्थापनका लागि आवश्यक पर्ने प्रतिक्रार्य सामग्री समेत आज एक कार्यक्रमका विच हस्तान्त्रण गरेको हो । परियोजनाको कार्यक्षेत्र रहेको गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका, शहिदलखन गाँउपालिका, धार्चे गाँउपालिका,गण्डकी गाँउपालिका, अजिरकोट गाँउपालिका र आरुघाट गाँउपालिकामा सहयोग सामग्री हस्तात्रण गरिएको हो । पालिकाले स्वास्थ्य सामग्री सहयोगले कोभिड प्रतिकार्यमा सहयोग पुग्ने भन्दै सहयोग गर्ने संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९ग्ल्म्ए० तथा सिड्स टेक्निकल सर्भिसेस् प्रा.लि. ९क्त्क् ल्भउब०ि प्रति आभार व्यक्त गर्नुभयो ।
हस्तान्रण कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले हालको अवस्थामा स्वास्थ्य सामग्री अति आवश्यक भएको र यसवाट कोभिड जस्ता महामारीबाट नागरिकको जीवन रक्षामा सहयोग पुग्ने यस खालका सामग्री आवश्यकता अनुसार आगामी दिनमा समेत सहयोगको निरन्तरता हुने विश्वास व्यक्त गर्नुभयो । यस्तै डिसिएमसी गोरखाका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी सालिकराम शर्मा पौडेलले विश्वव्यापी माहामारीले गोखा जिल्लालाई पनि आक्रान्त पारेको समयमा यस किसिमको सहयोग गर्न गरेकोमा धन्यवाद दिंदै अन्य संघ संस्थालाई पनि यसरी नै एकद्धारा प्रणालीबाट सहयोग गर्न अनुरोध गर्नुभयो ।
सबै पालिकामा जम्मा गरेर पि. पि. ई सेट – पि. पि. ई सुट, फेस सिल्ड, ग्लोव्स्, मेडिकल मास्क र बुट १०० सेट, अक्सिमिटर ५५ थान, फेस सिल्ड ५०० थान, सर्जिकल ग्लोव्स ३०० जोडी, एन ढछ मास्क ४२० थान, हयान्ड स्यानिटाईजर २८ लिटर, अक्सिजन मास्क १० थान, एडजष्टेबल भेनिचुरी मास्क १०,हयाण्ड वास सोलुसन २०, स्क्रब गाउन २०, डिस्पोजेवल ग्लोव्स् ६० प्याकेट र एन्टिजेन किट २५ थान लगायतका कोभिड प्रतिकार्य सम्बन्धी सामग्री हस्तान्तरण गरिएको परियोजनाका जिल्ला संयोजक घनश्याम खतिवडाले बताउनुभयो ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.