गाेरखाकाे पालुङटार ७ मा गत जेठ २ गते गरिएकाे पि सि अार परीक्षणकाे रिपाेर्ट १० दिन पछि अाएकाे छ ।
जसमध्ये ११ जनामा ८ जनाकाे रिपाेर्ट पाेजेटिभ अाएकाे छ ।
सामान्य स्वास्थ्य समस्या देखिएपछि शंकाकाे अाधारमा वडा भित्र गरिएकाे पि.सि.अार. परीक्षणमध्ये एकै घरका ४ जनामा संक्रमण पुष्टि भएकाे बताइएकाे छ । जसमध्ये १ जना ६ महिनाका शिशु समेत रहेका छन् । एक जना ४ बर्षका बालककाे समेत पाेजेटिभ रिपाेर्ट अाएकाे छ । ४ जनामा संक्रमण भएकाे घरमा पुगी च्याङली स्वास्थ्य चाैकीका तर्फबाट पाेषिलाे अाहार प्रदान गरिएकाे भरतराज पाण्डेले बताउनुभयाे ।
पि.सि.अार. गरेकाे निकै लामाे समयसम्म रिपाेर्ट नअाउँदा स्वाब संकलन गरिएकाहरूमा बढी तनाब हुने र नतिजा अाउँदासम्म निकाे भइसकेकाे पनि हुन सक्ने हुँदा समस्या हुने स्थानीयहरूकाे गुनासाे रहेकाे छ ।