आँबुखैरेनी, २७ बैंशाख । तनहुँको आँबुखैरेनी गाउँपालिका–२, मार्किचोकमा करेन्ट लागेर आज बिहान एक पूरुषको ज्यान गएको छ । बिहान ६ बजे गिदरीको रुखमा घाँस काट्ने क्रममा रुख नजिकै रहेको बिजुलीको तारमा छोएर करेन्ट लाग्दा आँबुखैरेनी–६, घलडाडाँ घर भई मार्कीचोकमा बस्दै आउनुभएका ४५ वर्षीय भिम बहादुर गुरुङ्गको ज्यान गएको हो । अहिले गुरुङ्गको शव आँबुखैरेनी हाडजोर्नी अस्पतालमा रहेको र पोष्टमार्टमको लागि दमौली लैजाने तयारी भैरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
मार्किचोकमा करेन्ट लागेर आज बिहान एक पूरुषको ज्यान गयो ।।
Facebook Comments Box