धनगढीमा ग्यास उद्योगको मेसिन बिग्रिएपछि अक्सिजनको थप हाहाकार

२८ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा अक्सिजन नपाएर कोरोना संक्रमितले अकालमै ज्यान गुमाइरहेका बेला प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट बिग्रिएको छ ।

दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन क्षमता भएको मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट सोमबार राति बिग्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले प्रदेशमै रहेको एक मात्र ग्यास उद्योगको प्लान्ट बिग्रिएपछि अक्सिजन आपूर्तिमा थप समस्या सिर्जना भएको बताए ।
‘यहाँका अस्पतालहरुमा अक्सिजन अभाव भइरहेका बेला मालिका ग्यास उद्योगले केही हदसम्म भएपनि धानेको थियो,’ सूचना अधिकारी जोशीले भने, ‘तर सोमबार राति मेसिन बिग्रिएपछि उत्पादन रोकिएको जानकारी सञ्चालकले गराएका छन् । अब थप समस्या सिर्जना हुने देखियो । मर्मतका लागि भारतबाट जनशक्ति ल्याउनुपर्ने भएकाले त्यसका लागि हामीले पहल थालेका छौँ ।’
जोशीका अनुसार अहिले नेपालगञ्जबाट थप अक्सिजन सिलिन्डर ल्याउने प्रयास भइरहेको छ । मालिका ग्यास उद्योगले प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पताललाई अहिले दैनिक ३० देखि ४० सिलिन्डर अक्सिजन उपलब्ध गराइरहेको थियो । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले मालिकाले उपलब्ध गराउने कम्तीमा ४० सिलिन्डर, सेतीकै अक्सिजन प्लान्टबाट ६० सिलिन्डर गरेर दैनिक एक सय सिलिन्डरको जोहो धनगढीमै भइरहेको बताए ।

‘हामीलाई कोरोना संक्रमितका लागि अहिले दैनिक डेढ सय सिलिन्डर अक्सिजन आवश्यक पर्छ,’ सूचना अधिकारी श्रेष्ठले अनलाइनखबरसँग भने, ‘मालिकाबाट ४० र हाम्रो ६० गरेर सय सिलिन्डर सम्म व्यवस्थापन भइरहेको थियो । बाँकी नेपालगञ्जबाट ल्याएर जसोतसो काम चलाइरहेका थियौँ । अब मालिकाको प्लान्ट बिग्रिएका कारण समस्या हुने भयो ।’
सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा अहिले ५९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरु मध्ये १३ जनाको आईसीयू, ५ जनाको भेन्टिलेटर, ३६ जनाको अक्सिजन सर्पोट र ५ जनाको आवश्यकता अनुसार अक्सिजन दिएर उपचार भइरहेको अस्पतालले जनाएको छ । इमरजेन्सी वार्डमा ३३ जना उपचाररत छन् । उनीहरु सबैलाई अक्सिजन दिएर राखिएको छ ।
onlinekhabar

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

भक्तपुर जिल्ला अदालतबाट १३ वर्ष ९६ वर्ष कैद भुक्तान भएन  

सन्जिब दुलाल  भक्तपुर । भक्तपुर जिल्ला अदालतबाट १३ सय ९६ वर्ष ६ महिना ३ दिन कैद तथा जरिवाना भुक्तान बाँकी रहेको पाइएको छ ।  भक्तपुर

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

पालुङटार नगरपालिका ७ मा बालमैत्री स्थानीय शासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

साउन ४, गाेरखा । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली मा एस ओएस बालग्राम गण्डकी को आयोजना तथा पालुङटार नगरपालिका वडा नं. ७ को

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

गोरखामा गौ हत्या आरोप लागेका २ बालक अभिभावकको जिम्मामा, एक जना पुर्पक्षका लागि कारागार चलान

गौ हत्या आरोप लागेका गोरखाका एक युवकलाई अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा धार्चे गाउँपालिका–२ केरौजा घर भई हाल

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पालुङटार ७ मा परिवार सबलीकरण कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली मा एस ओएसकोआयोजनामा परिवार सबलीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पालुङटार नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किए

काठमाडौं- चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किएका छन् । विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका हुन् । अवरुद्ध विद्युत सेवा सञ्चलानमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.