तनहुँमा चितुवा आतंक अझै राेकिएन

तनहुँमा चितुवा आतंक अझै राेकिएकाे छैन । आईतबार साँझ तनहुँकाे बन्दिपुर गापा वडा नं. १ काैसिनीछापका चन्द्रबहादुर चेपाङकाे ४ वर्षका छाेरा अप्पल चेपाङलाई चितुवाले आक्रमण गर्दा घाईते भएका छन् । बेलुकी ७ बजेकाे समयमा बुबा आमा सँगै बारीबाट घर तर्फ फर्कँदै गरेकाे अवस्थामा आक्रमण गरि घाइते बनाएकाे ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रमुख प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिनुभयाे । बालककाे घाँटीमा चाेट देखिएकाेले लक्षमी हस्पिटल डुम्रेमा उपचार गरि रेविज सुई लगाउन दमाैली पठाईएकाे र घाइते बालककाे अवस्था सामान्य रहेकाे सव डिभिजन बन कार्यालय बिमलनगरका प्रमुख शुरेश भुजेलले जानकारी दिनुभयाे ।
Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.