मधु अधिकारीद्वारा जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान ।।

दमौली , ६ माघ । आँबुखैरेनी स्थायी घर भई हाल काठमाण्डौं बस्दै आएकी मधु अधिकारीले जन्मदिनका अवसरमा तीन जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेकी छन् । अधिकारीले स्कुल अफ डेमोक्रेसी तनहुँ मार्फत शैक्षिक सामाग्री प्रदान गरेकी हुन् ।यसैबीच अधिकारीले उपलब्ध गराएको शैक्षिक सामाग्री र न्यानो कपडा स्कुल अफ डेमोक्रेसी तनहुँका अध्यक्ष डम्बर अधिकारीले मंगलबार हस्तान्तरण गरेका छन् । अध्यक्ष अधिकारीले व्यास नगरपालिका वडा नं १२ कमलबारी स्थित सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत अर्जुन वि.क र कक्षा ८ मा अध्ययनरत अनिश वि.क.लाई हस्तान्तरण गरेका थिए । सो अवसरमा वि.क.दाजुभाई १० हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको थियो । शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक कृष्णचन्द्र पाण्डेको समेत उपस्थिती रहेको थियो । अधिकारीले जन्मदिनको अवसरमा पारेर भानु नगरपालिकाकी अस्मिता घर्तिको पठनपाठनलाई समेत ५ हजार बराबरको सहयोग गरेकी छन् । जन्मदिनमा गरिने फजुल खर्च कटाएर अभिभावक बिहिन बालबालिकालाई सहयोग गरेको अधिकारीले बताईन् । सहयोगदाता अधिकारी नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिका उपाध्यक्ष दीपेन्द्र अधिकारीकी धर्मपत्नी हुन् । अधिकारी परिवारले यस अघि पनि सामाजिक क्षेत्रमा सहयोग पुरयाउँदै आएको छ ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.