भदाै ३० गतेदेखि हराइरहेका भण्डारी अझै भेटिएनन

गाेरखा । गाेरखा नगरपालिका वडा नम्वर १२ देउराली घर भएका ३० वर्षिय राजकुमार भण्डारी भदाै ३० गतेदेखि हराइरहेका र अझै सम्म उनकाे अवस्थाबारे जानकारी नभएकाे उनकाे परिवारले जनाएकाे छ ।

दराैँदी बगरमा माेवाइल, पैसा, कपडा लगायतका समान माछा मार्न जाने टाेली फेला पारेकाे र मानिसकाे भने अझै कुनै पत्ता नलागेकाे परिवार स्राेतले जानकारी दिएकाे छ ।

प्रहरीमा भण्डारी हराएकाे बारेमा खबर गरिएकाे छ, नदि किनारामा सामग्री भेटिएकाेले दराैँदीमा पस्नु भयाे की भनेर दासढुङ्गा सम्म खाेज्याैँ तर पत्ता लगाउन सकिएन उनकी श्रीमती कविताले भनिन । बगरमा सामग्री राखेर कतै गाउँतिर पस्नु भयाे की आज सम्म पनि आउनु भएन , उनले भनिन ।

धादिङ जिल्ला स्थायी घर भएका भण्डारी गाेरखा नगरपालिका वडा नम्बर १२ घर निर्माण गरी बस्दै आएका थिए । भण्डारीलाइ फेला पार्ने जाे कसैले नजिकैकाे प्रहरी कार्यालयमा खबर गरिदिन गाेरखा प्रहरीले आग्रह गरेकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.