तालिम केन्द्रले शुरु गर्यो भर्चुअल टिपिडी तालिम

गोरखा संसार
४ असोज, तनहुँ ।
शैक्षिक तालिम केन्द्र दमौलीले भर्चुअल माध्यमबाट शिक्षकहरुका लागि टिपिड प्रमाणीकरण तालिमको शुरुवात गरेको छ ।
स्थायी शिक्षकहरुका लागि तालिम दिँदै आएको यस तालिम केन्द्रले कोभिड १९ का कारण फेस टु फेस तालिम सञ्चालन गर्न नसकेतापनि समय र बदलिँदो परिबेश अनुकूल शिक्षकहरु पनि रुपान्तरण हुनुपर्ने मान्यताअनुरुप भर्चुअल तालिमको शुरुवात गरिएको तालिम केन्द्रका प्रमुख नेपालहरि रानाभाटले बताउनुभयो ।
आजदेखि शुरु भएको नि.मा.वि. अंग्रेजी शिक्षकहरुका लागि सञ्चालित १० दिने टिपिडि तालिम कार्यक्रमको अध्यक्षता गर्नुभएका तालिम केन्द्र प्रमुख रानाभाटले शिक्षकहरु सक्षम शिक्षक बन्नको लागि डिजिटलाइज हुनुपर्ने बताउनुभयो ।
तालिमकेन्द्रकी शाखा अधिकृत अनिषा यादव ले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रशिक्षकहरु लक्ष्मणबाबु आचार्य, होमराज खडका, श्रीकान्त पौडेल, श्रीराम शर्मा को सहभागिता रहेको थियो । तालिम शाखा का प्रमुख रानाभाटले तालिम अवधिभरमा गर्नुपर्ने आचारसंहिताका बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै शाखा अधिकृत यादवले अंग्रेजी बिषयका शिक्षकहरुका लागि आवश्यक निर्देशन दिनुभएको थियो ।

त्यस्तै याे पहिलाे चरणकाे १० दिने तालिम सकिएलगत्तै अर्काे समूहकाे तालिम सञ्चालन हुने भएकाे हुँदा तालिम लिन इच्छुक शिक्षकहरूले सम्पर्क गर्न सकिने समेत  शाखा अधिकृत यादवले जानकारी दिनुभएकाे छ । उहाँका अनुसार ३ समूहकाे तालिमकाे तयारी भइरहेकाे छ भने संख्या थप भएमा थप अरू समूहमा पनि सञ्चालन गनर् सकिनेछ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.