डुम्रेमा फुड बैंक स्थापना

तनहुँको डुम्रेमा फुड बैंकको स्थापना गरिएको छ। स्थानीय युनिटी ग्रुपमा आवद्ध युवाहरुले “हुनेले दिएर जानुहोस नहुनेले लिएर जानुहोस् भन्दै “उक्त फुड बैंक सञ्चालनमा ल्याएको हो।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह थापाले आज एक कार्यक्रमकाबीच उक्त फूड बैंकको शुभरम्भ गर्नुभएको हो। अध्यक्ष थापाले युवाहरूको समूहले फुड बैंकको स्थापना गरेकोमा खुसी हुँदै प्रक्रियागत ढंगले अगाडी बढे गाउँपालिकाले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ। अब संसार परिवर्तन विचारले मात्र होइन दिमागले गर्नुपर्छ ,भन्दै सम्पूर्ण युवाहरूलाई यस्तै रचनात्मक काम तिर अगाडि बढ्दै सरकार र देशलाई नै राम्रो सन्देश दिँदै अगाडि बढ्न अनुरोध का साथै कोरोना भाइरस बाट आफु पनि बच्न र अरुलाई पनि बचाउन बच्ने उपायहरुको पालना गर्न सबैलाई आग्रह गर्नुभयो।

 

युनिटी ग्रुपका संयोजक विक्रम गुरुङको संयोजकत्वमा स्थानीय युवाहरू,बिदेशमा रहेका लगायत सहयोगी दाताहरुबाट सहयोग जुटाउदै यस कार्यक्रमको सुरुवात गरिएको साथै सहयोग गर्न इच्छुक दाताहरुले ग्रुपका सदस्यहरु मार्फत सम्पर्क गरी सहयोग गर्नसक्ने समेत गुरुङले जानकारी दिएका छन् । कोबिड १९ का कारण लामो समयदेखि रोजगार गुमाएका व्यक्तिहरू अपाङ्ग, अशक्त वृद्ध वृद्धा व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यका साथ फुड बैंकको अवधारणा अगाडि सरेको गुरुङले बताए।
ग्रुपले सहयोगको रूपमा चामल ४ केजी, ५०० ग्राम, नुन १ पोका र सोयाबिन १ पोका दिने गरेको छ।

कार्यक्रममा बन्दिपुर गाउँपालिका वडा अध्यक्ष वडा नं १ का वडा अध्यक्ष भानुभक्त पोखरेल ,तनहुँ उद्योग वाणिज्य संघ जिल्ला सदस्य सुनिल श्रेष्ठ,डुम्रे इकाई सभापति नेक महम्मद मिया, डुम्रे टोल विकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठ खहरे बिरुवा टोल विकास संस्थाका अध्यक्ष राजु खड्गी, ग्रुपका सदस्यहरु, स्थानीय सङ्घ संस्थाका प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.