प्रहरीकाे अनुसन्धान फितलाे भएकाे भन्दै धर्ना

गाेरखा संसा

असार २४, चितवन :

चितवनमा हत्या गरिएका काे अनुसन्धान प्रक्रिया फितलाे एवं ढिला सुस्ती भएकेा भन्दै अाज अाफन्तहरूले जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना दिएका छन् ।

माडीका माछापालक युवा गौरव थापाको रहस्यमय मृत्यु भएकाे थियाे ।

माडीबाट करीब २० वटा मोटरसाइकलमा भरतपुर पुगेका मृतकका परिवार सदस्य, आफन्त र छिमेकीहरुले सत्यतथ्य अनुसन्धान एवं दोषीलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय भरतपुरमा धर्ना दिएका हुन् । धर्नाका थापाको रहस्यम मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान फितलो भएको, प्रहरीले किटानी जाहेरी लिन नमानेको, हालसम्म पोष्टमार्टम रिपोर्ट नदिएको, अनुसन्धानमा आलटाल गरिरहेको तथा जिल्ला र स्थानीय प्रहरी ईकाईहरुको भनाई फरकफरक आएको आरोप लगाएका थिए ।

यसैबिच, धर्नामा रहकाहरुले चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङसंग भेटवार्ता गरेका छन् । भेटका क्रममा आउँदो आउँदो आइतबारसम्म अनुसन्धान पुरा गरी सत्यतथ्य पत्ता लगाउनुपर्ने, अन्यथा आइतबार किटानी जाहेर लिनुपर्ने माग गरिएका मृतकका बुबा दीलिप थापाले जानकारी दिनुभयो । आइतबार पनि जाहेरी नलिए भरतपुरमै चरणबद्ध आन्दोलन सुरु गरिने मृतकका परिवार सदस्य र आफन्तहरुको चेतावनी छ ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.