अन्तिम चरणमा पुगेको पुलको काम रोकिएकोप्रति काफ्लेको चिन्ता

१२ असार
गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्ली र तनहुँको बिमलनगर जोडने पक्की पुल निर्माण कार्य अवरुद्ध भएकोप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का गण्डकी प्रदेश सदस्य हरि काफ्लेले चिन्ता व्यक्त गर्नुभएको छ ।
पुल निर्माणका क्रममा स्थानीयले २०७६ साल मंसिर महिनामा मुआब्जा दाबी गर्दै सर्बोच्चमा रिट दायर गरेका र हाल पुलको निर्माण कार्य अन्तिम चरणमा पुग्दासमेत सो मुद्धाको फैसला नभएको भनी गत असार ९ गते सर्वोच्चमा बिचाराधीन अवस्थामा रहेको मुद्धा फैसला नहुँदासम्म काम रोक्ने भनी सडक डिभिजन कार्यालय र स्थानीयका बीच सहमति गरिएको थियो ।
निर्माणको ९८ प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा आएर काम रोकिनु दुखद भएको काफ्लेको भनाइ रहेको छ । पुल निर्माण कार्य सम्पन्न भएसंगै सोही स्थानबाट पिचको काम गर्नको लागि पनि ठेक्का भइसकेको हुँदा काम रोकिन नहुने काफ्लेको भनाई रहेको छ ।
ठेक्का नं. DRODML/3371574/71/72/166 अन्तर्गत सडक डिभिजन दमौलीमार्फत निर्माणाधीन मस्र्याङ्दी नदी पुल को गोरखा तर्फको भागमा एप्रोच रोडमा निर्माण गर्नुपर्ने टेवा पर्खाल,नाली, ग्राभेलिङ तथा घर जग्गा मुआब्जा सम्बन्धी मुद्धा सर्बोच्च अदालतमा बिचाराधीन अवस्थामा रहेकाले सो मुद्धा फैसला नहुँदासम्म काम रोक्ने सहमति गरिएको हो एक स्थानीय आनन्द कुमार श्रेष्ठले बताउनुभयो ।

बिमलनगर र च्याङ्ली जोडने उक्त पुलको निर्माण कार्य शुरु भएसंगै च्याङ्लीतर्फका कुमालटारी मा रहेका घरहरुका घरधनीहरुले आफ्नो घर जोखिममा पर्ने भएकाले मुआब्जा माग गरी मा सर्वोच्चमा रिट दायर गरेका थिए ।

स्थानीयहरुले पहिले पुलको काम शुरु गर्नुअघि ५÷५ मिटर सडक निर्माण गर्र्ने भनी सम्झौता भएको भएता पनि अहिले कैयौं गुणा बढी क्षति भएको र कतिको घरबास समेत उठीबास हुने अवस्था रहेकोले काम रोक्नुपरेको स्थानीय आनन्द कुमार श्रेष्ठले बताउनुभयो । केही घर तथा घडेरीहरु पूर्ण रुपमा गइसकेको छ ।उहाँका अनुसार मुद्धा दायर गर्नेहरुलाई कतिले बाटो बिरोधी तथा बिकास बिरोधी भनेका छन । तर बास्तवमा आफूहरु बिकास बिरोधी नभएको र आफ्नो लालपूर्जा भएको जग्गा बाटो निर्माण गर्ने क्रममा मुआब्जा माग गरेको मात्र बताएका छन् । उनीहरुले मुद्धा दायर भइसकेको अवस्थामा छिटै मुद्धाको फैसला हुने भएको हुँदा फैसला नहुँदा सम्म मात्र पर्खिन अनुरोध गरेको बताएका छन् ।
उक्त पुलको निर्माण गर्ने जिम्मा सपना निर्माण सेवा ले पाएको छ । निर्माण कम्पनीका इन्जिनियर बिसर्जन बर्तौला का अनुसार ९८ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
उक्त पुलको निर्माण लागत रकम भ्याट बाहेक करीब ११ करोड ८९ लाख रुपैयाँ भएको इन्जिनियर बर्तौलाले जानकारी दिनुभयो ।

के थियाे त सम्झाैता ?

कसरी राेकियाे काम ?

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.