धादिङ असार ११ । धादिङबेसी स्थित नीलकण्ठ माध्यमिक विद्यालयका शिक्षकहरुलाई प्रबिधिमैत्री शिक्षणका लागि ल्यापटप प्रदान गरिएको छ ।
कोरोना भाइरस (कोभिड १९) का कारण विद्यालयको पठनपाठन अबरुद्ध भएकाले अनलाइन कक्षा सञ्चालन गर्न ल्यापटप दिएको प्रधानाध्यापक विष्णु प्रसाद सिलवालले बताए ।
६० प्रतिशत शिक्षकको र ४० प्रतिशत विद्यालयले व्यहोर्ने गरी ल्यापटप खरिद गरेर शिक्षकलाई प्रदान गरिउको प्रधानाध्यापक सिलवाल बताउँछन् ।
नीलकण्ठले भौतिक दूरी कायम गर्दै पाठ्यपुस्तक वितरण गरिसकेको छ । केहि समय अघि नै दुरी कायम गरेर सबै विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गर्नुको साथै अनलाइन कक्षा समेत सञ्चालन गरिसकेको छ ।
नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता र वडा अध्यक्ष होम प्रसाद रिजाल तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण बस्यालको विशेष आतिथ्यता ल्यापटप वितरण गरिएको थियो ।