सत्रसयमा आज बिहान सिलिण्डर ग्यास बिस्पोट हुँदा २ जना बालक घाईते ।।

 

आँबुखैरेनी, २१ बैंशाख ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–१, सत्रसयमा आज बिहान सिलिण्डर ग्यास बिस्पोट हुँदा २ जना बालक घाईते भएका छन् । स्थानीय बिनोद विकको भान्सा कोठामा बिहान ७ ः ४० बजेको समयमा सिलिण्डर ग्यास बिस्पोट हुँदा उनका छोरा ११ बर्षीय विवेक वि.क. र ७ वर्षिय अर्का छोरा सरगम वि.क. घाईते भएका छन् । घाईते मध्ये विवेक वि.क.को शरिर र हातको केही भाग जलेको र अर्का घाईते सरगम वि.क.को अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । उनीहरुको अहिले आँबुखैरेनी हाडजोर्नी अस्पताल आँबुखैरेनीमा उपचार भैरेहेको छ । सिलिण्डर ग्यास बिस्पोट हुँदा घरको अधिकांश भागमा क्षति पुगेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.