गृह मन्त्रालयले अाज एक बिज्ञप्ति जारी गरी मंसीर ४ काे प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनका क्रममा २ गतेदेखि ५ गतेसम्म सार्वजनिक बिदा दिने बताएकाे छ ।
गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पाेखरेलद्वारा हस्ताक्षरित बिज्ञप्ति अनुसार मतदान स्थल रहेका बिद्यालय तथा संस्थाहरूमा २ गतेदेखि ५ गतेसम्म गरी ४ दिन र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा ४ र ५ गते २ दिन बिदा दिइनेछ ।