निर्वाचनमा उम्मेदवारलाइ असहयाेग गरेकाे अाराेपमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्ती

पोखरा,२९ कात्तिक ।

निर्वाचनमा उम्मेदवारलाइ असहयाेग गरेकाे अाराेपमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्तीमा पर्नुभएकाे छ ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बर्खास्त गर्नुभएको हो ।

मुख्यमन्त्री पोखरेलले खड्कालाई हटाएको जानकारीसहित प्रदेश प्रमुखको कार्यालयमा पत्राचार गर्नुभएकाे थियाे । प्रदेश प्रमुखको कार्यालयले सार्वजनिक गरेको सूचनामा भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्री पोखरेलले नै सम्हाल्ने उल्लेख रहेको छ ।

कास्की २ को प्रदेश सभा २ मा टिकटको आकांक्षी रहेका खड्काले टिकट भने पाउनुभएन । सो क्षेत्रमा कांग्रेसबाट कानुनमन्त्री समेत रहनुभएका विन्दुकुमार थापा उम्मेदवार हुनुहुन्छ । खड्काले थापालाई हराउन लागेको आरोप लागेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.