Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
प्रचण्ड शान्ति र क्रान्तिका नायक हुन ः ने.का.बरिष्ट नेता पाैडेल

प्रचण्ड शान्ति र क्रान्तिका नायक हुन ः ने.का.बरिष्ट नेता पाैडेल

कार्तिक २८, गाेरखा

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पाैडेलले ने.क.पा. माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शान्ति र क्रान्तिकाे नायक भएकाे बताउनुभएकाे छ ।

अाज गाेरखाकाे पालुङटार नगरपालिकास्थित ठाँटीपाेखरीमा सम्पन्न भएकाे चुनावी सभालाइ सम्बाेधन गर्ने क्रममा नेता पाैडेलले साे कुरा बताउनुभएकाे हाे । चुनावी सभामा सँगै बसेका प्रचण्डलाइ शान्ति र क्रान्तिका नायक भनेकाेमा प्रचण्डले खुशी समेत व्यक्त गर्नुभएकाे थियाे ।

सभालाइ सम्बाेधन गर्दै ने.क.पा. माअाेवादि केन्द्रका अध्यक्ष एवं गाेरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उमेदवार प्रचण्डले देशमा अार्थिक क्रान्ति गाेरखाबाटै शुरू गर्दा संसारकाे अाँखा पर्ने भएकाले यस क्षेत्रमा अाएकाे बताउनुभयाे । साे अवसरमा उहाँले गाेरखाका अधिकाँश क्षेत्रमा पुग्दा बाटाेहरू धुलैधुलाे भएकाले बाटाे पिच गर्ने कार्यलाइ पहिलाे प्राथमिकतामा राखी काम गर्ने बताउनुभएकाे छ ।

उहाँले शान्ति सम्झौता नगरेको भए देशमा हजारौं मानिसको ज्यान जानसक्ने र बिदेशी सेना प्रवेश गर्नसक्ने खतरा देखिएकाले देशको हित र रक्षाका लागि गरिएको शान्ति सम्झौताले देश अहिलेको अबस्थामा आइ पुगेको बताउनुभयो । गोरखामा कृषिमा आधुनिकरण र व्यावसायिकीकरण गर्न सकिने, पर्यटकिय क्षेत्र, औद्योगिक क्षेत्रको रुपमा बिकास गर्न सकिने जिल्ला भएको भन्दै गोरखाबाट आर्थिक समृद्धिको अभियान थालनी गर्न सकिने प्रचुर सम्भावना रहेको उल्लेख गर्नुभयो ।

गोरखा क्षेत्र नम्बर २ अन्तर्गत रहेको पालुङटार बजारमा सोमबार सत्ता गठबन्धन दलले गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले विस्तृत शान्ति सम्झौता गरेकै दिन आफूले रुखमा छाप लगाएको र तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप लगाइसकेको उल्लेख गर्दै कांग्रेस मतदाताहरूलाइ निधक्कसँग हथौडामा छाप लगाउन अाग्रह गर्नुभयाे।

कार्यक्रममा प्रचण्डले गोरखामा गेमचेन्जर आयोजनको रुपमा बुढीगण्डकी जलबिद्युत आयोजना रहेको उल्लेख त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाउनुभयाे ।  गोरखामा सडक सञ्जालबाट गोरखालाई समृृद्ध बनाउने,यहाँका टारहरुमा सिंचाईको सुविधा पुर्याएर आर्थिक विकास गर्ने,हिमालीय पर्यटनको विकास,जडिबुटी प्रशोधनबाट यहाँका जनताको आर्थिक विकास गर्न सकिने,गोरखकाली रबर उद्योगलाई सञ्चालन गरेर यहाँको युवाहरुलाई रोजगारी दिन पहल गर्ने समेत बताउनुभयाे।

पालुङटारमा एयरपोर्ट बनाएर पाइलट तालिम केन्द्र बनाउने सपना समेत उहाँले सुनाउनुभयाे ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइ, माओवादी नेता नारायणकाजी श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.