युवा समाजसेवीद्वोयद्धारा मृगौंला पिडीतलाई नगद १० हजार आर्थिक सहयोग ।।

आँबुखैरेनी, १२ बैंशाख ।

तनहुँ आँबुखैरेनीका दुई युवा समाजसेवीले दुबैं मृगौंला गुमाएका मंगल ढकाललाई आर्थिक सहयोग गरेको छ । आँबुखैरेनी गाउँपालिका–३, छबिसे टोल नजिकै कोठा भाडामा बस्ने मृगौंला पिडित ६१ बर्षिय मंगल ढकाललाई द्वोय समाजसेवी दिनेश के.सी. र बादल थकालीले आज (शुक्रबार) नगद रु. १० हजार आर्थिक सहयोग गरेको हो । मृगौंला पिडीत ढकालले बिगत २ वर्ष देखि डाईलासिस गराउदै आउनुभएको र आर्थिक अवस्था ज्यादै कमजोर रहेकोले आवश्यक थप उपचारका साथै दैनिक जीवनयापन सहजताको लागि नगद रु. १० हजार आर्थिक सहयोग गरिएको युवा समाजसेवी दिनेश के.सी.ले जानकारी दिनुभयो । यस्तै, दुई युवा समाजसेवीले मृगौंला पिडित मंगल ढकालको डाईलासिसको लागि ३ पटक सम्म आँबुखैरेनीबाट दमौली सम्म लगिदिने र दमौलीबाट आँबुखैरेनी ल्याईदिने यातयातको निःशुल्क व्यवस्था गरिदिनुभएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.