जीप दुर्घटनामा घाइते भएका ६ जनाको नाम ठेगाना खुल्याे

गोरखा, २ कात्तिक : गोरखाको गण्डकी गाउँपालिका–८, कुनागाउँमा आज बलेरो जीप दुर्घटना घाइते भएकाहरुको नाम ठेगाना खुलेको छ ।  फुजेलबाट बेनिघाट तर्फ जाँदै गरेको ना ४ च ७७३८ नम्बरको जीप दुर्घटनामा परेका घाइते मध्ये २ जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेहरुमा गण्डकी गाउँपालिका–५ दर्बुङकी २१ बर्षकी प्रतिमा पोखरेल, ४४ बर्षकी सुस्मा श्रेष्ठ रहनु भएको छ । उहाँहरु दुबै जनाको मलेखु तत्काल उद्धार गरी मलेखु साुमदायिक अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारका लागि काठमाण्डौको ट्रमा सेन्टर पठाइएको छ । अर्का घाइते गण्डकी गाउँपालिका–४ फुजेलका बर्ष २० का सुनिल थापालाई उपचारका लागि काठमाण्डौ पठाइएको उहाँले जानकारी दिनुभयो ।

अन्य घाइतेहरुमा गण्डकी गाउँपालिका–४, फुजेलका १८ बर्षका विवेक सिंखडा, ९ बर्षकी जेनिसा श्रेष्ठ र धादिङ जिल्ला ज्वालमुखी गाउँपालिका–१, घर भएका २२ बर्षकी सुस्मिता कोइराला रहनुभएको छ । उहाँहरुको अबस्था सामान्य रहेको प्रहरीको भनाई छ ।
जीप ब्रेक फेल भएर दुर्घटना भएको चालकले बताएको छ । जीपका चालक बर्ष ४० का धनबहादुर थापालाई नियन्त्रणमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जीपमा १५ जना यात्रु सवार थिए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.