भानु नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय दमौलीलाई जानकारी एवं मुलक सन्देश भएका ट्राफिक सचेतना बोर्ड वितरण गरेको छ।
भानु नगरपालिकको सेवा कार्यलय भानु १ भन्सारमा आज एक कार्यक्रमका बीच नगरपालिकाका प्रमुख उदयराज गौलीले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँका प्रमूख रेशम बहादुर रानाभाटलाई २७ थान ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गर्नुभएको हो।
सवारी दुर्घटना न्यूनीकरणमा साथ र सहयोग गरेकोमा धन्यबाद दिदै ,डुम्रे बेसीसहर राजमार्गमा साँघुरो र घुम्ति सडकका कारण दुर्घटना हुन सक्ने सम्भावना भएको हुँदा नगरपालिकाको क्षेत्र अन्तर्गत उक्त खण्डको डुम्रे देखि पाउँदी सम्म उक्त सचेतनामुलक होर्डिङबोर्डहरु राखिने ट्राफिक प्रहरी प्रमुख रानाभाटले बताउनुभयो।
नगरपलिकाका प्रमूख उदयराज गौलिले नगरपालिकाको तर्फबाट दूर्घटना न्यूनीकरणका लागि सानो सहायोग गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा पनि यसरी नै निरन्तर रूपमा सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रदेव पाण्डे,बरिष्ठ अधिकृत सुनिल पाण्डे, कृपाहरि लौडारी,ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रमूख प्रकाश भुसाल, नगरपालिका कार्यालय सदस्य देव बहादुर भुजेल, समाजसेवि विष्णु अधिकारी, कार्यालयका कार्मचरीहरु , सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
Facebook Comments Box
Post Views: 167