गोरखामा अवैध हातहतियार लुकाई छिपाइ राखेको आरोपमा तीन जनालाई पक्राउ

गोरखामा अवैध हातहतियार लुकाई छिपाइ राखेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।

बारपाक सुलिकोट गाउँपालिका वडा नं एकका ५३ वर्षिय सिता बहादुर घले, सोहि वडाका ६० वर्षीय माईला घले र वडा नम्बर २ का २६ वर्षीय कृष्ण प्रसाद घलेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।

इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको टोलीले बुधबार हातहतियार सहित तीन जनालाई पक्राउ गरिएको हो ।

उनीहरुले आ–आ–आफ्नो घर तथा गोठमा लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा प्रहरीले सम्बन्धित स्थानमै पुगी खानतलासी गरेको थियो ।

सोहि क्रममा सिता बहादुर घलेको घरबाट एक नाले सट गन, नाल एकमा प्रयोग हुने जंगी राउण्ड गोली २४ थान, गोलीको खाली खोका ३५ थान, माईला घलेको गोठबाट एक नाले भरुवा बन्दु तथा कृष्ण प्रसाद घलेको घरबाट एउटा भरुवा बन्दुक बरामद गरिएको डिएसपी लामिछानेले जानकारी दिए ।

उनीहरु विरुद्ध हातहतियार तथा खरखनजा कसूर शिर्षकमा मुद्धा दर्ता गरिएको छ । विहिबार जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.