फागुन २४ गते शनिबार
रेडियो बन्दीपुरको १४औं वार्षिक साधारण सभा सम्पन्न
बन्दिपुर, तनहुँ
तनहुँकाे बन्दिपुरमा रहेकाे बन्दीपुर एफएम प्रालीद्वारा सञ्चालित रेडियो बन्दीपुर ८८.८ मेगाहर्जको १४औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।
रेडियो बन्दीपुर ८८.८ मेगाहर्जका सञ्चालक विकास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा रेडियो बन्दीपुरका स्टेसन म्यानेजर डिपि अधिकारीलाई नेपाल पत्रकार महासङ्घ तनहुँको अध्यक्षमा निर्वाचित हुनुभएको साथै नेपाली सेनाकाे गतिविधिहरूलाई संचार माध्यम मार्फत आम नागरिक समक्ष सकारात्मक शंदेश प्रवाह गर्नु भएकाे भन्दै नेपाली सेनाले सेना दिवसको अवसरमा ” प्रधान सेनापति प्रशंसा निशान ” पदकबाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई सहित सम्मान गरिएको छ ।
त्यस्तैगरी रेडियो बन्दीपुरका समाचार संयोजक रविन्द्र कँडेलले भारतको रामचन्द्र चन्द्रवंशी विश्वविद्यालयबाट विद्यावारिधि अध्ययन पुरा गर्नुभएकोमा उहाँलाई पनि सम्मान गरिएको थियो।
रेडियो बन्दीपुरकी कार्यक्रम प्रस्तोता भूमिका आलेले स्वागत गर्नुभएको उक्त कार्यक्रममा बन्दीपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठ, तनहु उद्योग वाणिज्य सङ्घ का पूर्व अध्यक्ष मानकाजी श्रेष्ठ, सञ्चालक समिति सदस्य विद्याकुमार श्रेष्ठ,सरोज भट्टराई लगायतकाले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे।
डाक्टर रविन्द्र कडेलले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्टेसन म्यानेजर डिपी अधिकारीले प्रस्तुत गर्नुभएको थियो। सोही क्रममा रेडियोलाई अहिलेको युग र आवश्यकता अनुसार डिजिटलाइज गर्दै सोसल मिडियामा जोड्दै दर्शक एवं श्रोता सामु पुर्याउन र स्थानीय तहले संचार माध्यमलाई सहयाेग गर्नु पर्ने धारणा राख्नु भएकाे थियाे ।
