“राष्ट्रिय महिला नौमती बाजा प्रतियोगिता तथा सम्मान कार्यक्रम-२०७९” मा अग्रज श्रस्टा र पत्रकार सम्मानित

“संस्कृति रहे सिर्जना रहन्छ, सिर्जना रहे श्रस्टा रहन्छ” बन्ने मुल नारा सहित सहयात्रा नेपालको प्रस्तुती र आवाज ईन्टरनेशनलको सहकार्यमा “राष्ट्रिय महिला नौमती बाजा प्रतियोगिता तथा सम्मान कार्यक्रम-२०७९ काठमाडौं स्थित राष्ट्रिय नाच घर जमलमा भब्य रुपमा सफल भएको छ ।

यस प्रतियोगितामा सिन्धुली कला घर प्रथम, आठ मार्च सशक्तिकरण महिला नौमती बाजा समूह द्वितीय, लोक साँस्कृतिक महिला नौमती बाजा समूह तृतीय, सिर्जनशिल महिला नौमती बाजा समूह सान्त्वना हुन सफल भएका थिए भने अनुशासित समूह तर्फ सिर्खाली महिला पञ्चेबाजा समूह, उत्कृष्ट भेषभुषा तर्फ लिग लिग महिला नौमती बाजा समूह, प्रोत्साहन पुरस्कार तर्फ सुभारम्भ उधमी महिला समूह र मनाेरञ्जन नौमती बाजा समूह पर्न सफल भएका थिए ।

राष्ट्रिय महिला नौमती बाजा प्रतियोगिता तथा सम्मान कार्यक्रम-२०७९”  मा सहयात्रा नेपालकी अध्यक्ष मिना बज्राचार्यको अध्यक्षता रहेको थियो भने महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय उमा रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो । सो कार्यक्रमको सञ्चालन आवाज ईन्टरनेशनलका अध्यक्ष शशी शर्मा मजगैयाले गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” रहेका थिए । कार्यक्रममा सहयात्रा नेपालका संस्थापक अध्यक्ष  दुर्गा रायमाझीले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम निर्देशक चन्द्र शर्माले प्रतियोगिताका नियमहरु प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा निर्णायकहरु वरिष्ठ सहनाईबादक बल बहादुर जैरु, चर्चित एरेन्जर आशिष अबिरल, तेजिन्द्र गुरुङ, जोगेन्द्र केसि, दुर्गा रायमाझी लगायत अन्य रहेका थिए । कार्यक्रममा अग्रज कलाकार, चर्चित कलाकार, सहयोगीदाता र पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

उक्त प्रतियोगितामा पुरस्कारहरू प्रथम पुरस्कार रु. ५५,५५५/- , द्वितीय पुरस्कार रू. ३३,३३३/- , तृतीय पुरस्कार रू. २२,२२२/- , सान्त्वना पुरस्कार रु.१५,०००/- , उत्कृष्ट समुह रू.१०,०००/- , अनुशासित समुह रू.१०,०००/- , उत्कृष्ट भेषभुषा रू.१०,०००/- तोकिएको थियो ।

यस कार्यक्रममा राष्ट्रिय नारी सम्मान – २०७९, खेलकुद, सञ्चार, समाजसेवा, राजनीति, स्वास्थ्य, शिक्षा, कलाकारितामा योग्दान पुर्‍याएका महिलाहरुलाई पनि सम्मान गरिएको थियो । साथै उत्कृष्ट महिला समुहलाई भाद्र १० गते ईन्द्रेणी स्टुडियोमा छायांकन गराउने कुरा पनि कार्यक्रम निर्देशक चन्द्र शर्माले जानकारी गराए ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.