गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीका २९ बर्षीय प्रेम कुमालकाे इनारमा डुबेर मृत्यु भएकाे छ ।
पालुङटार ७ च्याङलीस्थित नागास्थान निवासी कुमाल हिजाे दिउँसाेदेखि हराइरहेका थिए । खाेजी गर्ने क्रममा अाज घरनजिकै रहेकाे अाफ्नै इनारमा भेटिएका हुन । ढकनी नलगाएकाे इनारमा उनले लगाएकाे चप्पल र टि सर्ट उत्रिएकाे देखेपछि शंका लागेर माेटर तानेर हेर्दा शब देखिएकाे अस्थायी प्रहरी पाेष्ट बिरूवाटारले जनएकाे छ । तत्कालै इलाका प्रहरी कार्यालय ठाँटीपाेखरीबाट प्रहरी निरीक्षक प्रताप पाैडेलसहितकाे टाेली अाएर शब निकाली मुुचुल्क तयार गरेर पाेष्टमार्टमकाे लागि गोरखा अस्पताल पठाइएकाे छ ।
शव इलाका प्रहरी कार्यालय ठाँटीपाेखरीका प्रहरी निरीक्षक पाैडेल अाफै इनारमा पसेर निकाल्नुभएकाे थियाे ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।