बन्दिपुर गाउँपालिका १ उपल्लोफाँटमा बुधबार साँझ चितुवाको आक्रमणबाट सख्त घाइते भएका ३ बर्षिय बालक सुलभ परियारलाइ आर्थिक सहयोग प्रदान गरिएको छ । बिहिबार बन्दिपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले चितवन मेडिकल कलेज भरतपुरमा उपचारत बालक लाइ गाउँपालिकाको तर्फबाट रु ३० हजार र दिपक अधिकारीबाट प्राप्त रु ५ हजार सहित रु ३५ हजार सहयोग बालकको आमा लक्ष्मी परियारलाइ प्रदान गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए ।
यस्तै घाइते बालक परियारको आर्थिक अबस्था नाजुक भएकोले टोल छरछिमेक तथा बिभिन्न संघ सस्थाहरुबाट समेत सहयोग प्रदान गरिएको छ । बन्दिपुर १ तल्लोटार टोल बाट रु ३६ हजार ७ सय ७५, गुरुङटार / पिप्ले बाट रु २७ हजार, उपल्लोफाँट युवा समाज बाट रु १० हजार, रिमाल्नी / भुडाटार बाट रु १० हजार ७० रुपैया, उपल्लोफाँट आमा समूह बाट रु ८ हजार रुपैया र गोजे सामुदायिक बन बाट रु ५ हजार गरी जम्मा ९६ हजार ८ सय ४५ रुपैया सहयोग गरिएको स्थानिय बासु पन्थले बताए ।