गण्डकी प्रदेश शिक्षा तालिम केन्द्र दमाैलीले यतिबेला शिक्षकहरूकाे माग पूरा गर्दै पालिका पालिका पुगेर तालिम दिन थालेकाे छ ।
यसै क्रममा गाेरखाकाे पालुङटार नगरपालिकामा अाजदेखि शिक्षकहरूका लागि ७ दिने सुचना तथा संचार प्रविधिमा आधारित कस्टमाईज्ड तालिमकाे शुभारम्भ भएकाे छ ।
तालिम केन्द्रकाे अायाेजना र पालुङटार नगरपालिकाकाे संयाेजनमा अाजदेखि अमरज्याेति जनता मा.वि, लुइटेलमा साे तालिमकाे शुरू भएकाे हाे । तालिमकाे उदघाटन समाराेहमा प्रमुख अतिथिकाे रूपमा बाेल्दै पालुङटार नगरपालिकाका नगर प्रमुख बिबश चिन्तनले अाफ्नाे नगरपालिकामा अाइ तालिम दिएकाेमा तालिम केन्द्र प्रति अाभार व्यक्त गर्दै अागामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूकाे अपेक्षा गर्नुभएकाे थियाे ।
सभापतिकाे रूपमा बाेल्दै तालिम केन्द्रका प्रमुख नेपालहरि रानाभाटले अागामी दिनहरूमा पालिका मात्र नभइ बिद्यालय बिद्यालयमा गएर शिक्षहरूलाइ तालिम दिनुपर्ने महसूस गरेकाे र साेही अनुरूप याेजनामा अाफू लागेकाे बताउनुभयाे ।पालुङटार नगरपालिका शिक्षा शाखाका प्रमुख माधव पाेखरेलले स्वागत गर्नुभएकाे उदघाटन समाराेहमा तालिम केन्द्रका प्रशिक्षक प्रकाश देवकाेटा, अमर ज्याेति माध्यमिक बिद्यालयका प्रधानाध्यापक माधव देवकाेटा, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा सुनार लगायतकाले तालिमकाे महत्वकाे बारेमा बाेलेका थिए ।सञ्चालन गर्नुभएकाे साे कार्यक्रमकाे सञ्चालन साेही बिद्यालयका शिक्षक साेम प्रसाद मुडबरीले गर्नुभएकाे थियाे । नगरपालिकाभित्रका बिभिन्न बिद्यालयहरूका २५ जनाकाे सहभागिता रहेकाे साे तालिम १९ गतेसम्म सञ्चालन हुनेछ । जसमा प्रशिक्षकहरू प्रकाश देवकाेटा, सराेज थापा मगर, हरि श्रेष्ठ लगायतकाले सहजीकरण गर्नेछन् ।
उक्त तालिमकाे समापन संगै जीवन ज्याेति माध्यमिक बिद्यालयमा पनि असार १९ गतेदेखि साेही तालिम सञ्चालन हुनेछ ।