च्याङलीकाे मंगलेश्वर महादेव मन्दिरमा अाजदेखि सप्ताह ज्ञानमहाज्ञ शुरू

गाेरखा, फागुन १५

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीस्थित मंगलेश्वर महादेव मन्दिरमा अाजदेखि २३ गतेसम्म सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने भएकाे छ ।

प्राचीन एवं एेतिहासिक मन्दिरकाे संरक्षण सम्बर्धन तथा साे क्षेत्रलाइ धार्मिक पर्यटकीय क्षेत्रकाे रूपमा बिकास गर्ने उदेश्यका साथ कार्यक्रमकाे अायाेजना गरिएकाे अायाेजकले जनाएका छन् ।

महायज्ञअवधिभर प्रखर बाचक युवा पंडित माधवकृष्ण महाराज ज्यूकाे मुखारबृन्दबाट प्रवचन हुनेछ । महायज्ञबाट उठेकाे रकमबाट साे क्षेत्रलाइ धार्मिक पर्यटकीय क्षेत्रकाे रूपमा बिकास गर्न पूर्वाधार निर्माणका लागि खर्च गरिनेछ ।

महायज्ञकाे लागि सम्पूर्ण तयारी पूरा भइसकेकाे र अाज गण्डकी प्रदेश सरकारका साँसद माननीय प्रकाशचन्द्र दवाडी अाउने कार्यक्रम रहेकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.