मंगलेश्वर महादेव मन्दिरमा महायज्ञ शुरू: प्रमुख अतिथि दवाडीबाट ५० हजार दान

गाेरखा, फागुन १६/ डिपि अधिकारी                                                                                                         गोरखाको पालुङटार नगरपालिका वडा नं ७ च्याङलीस्थित मंगलेश्वर महादेव मन्दिरमा आजदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । प्राचीन एवं एेतिहासिक मन्दिरको संरक्षण सम्बर्धन तथा सो क्षेत्रलाइ धार्मिक पर्यटकीय क्षेत्रको रूपमा बिकास गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएका छन् । फागुन २३ गतेसम्म सञ्चालन हुने महायज्ञअवधिभर प्रखर बाचक युवा पंडित माधव महाराज ज्यूको मुखारबृन्दबाट प्रवचन हुनेछ । महायज्ञबाट उठेको रकमबाट सो क्षेत्रलाइ धार्मिक पर्यटकीय क्षेत्रको रूपमा बिकास गर्न पूर्वाधार निर्माणका लागि खर्च गरिनेछ ।
पmागुन १७ गते पर्ने महाशिवरात्रीको अवशर पारेर आयोजना गरिएको महायज्ञको आज एक कार्यक्रमका बीच गण्डकी प्रदेशका साँसद प्रकाशचन्द्र दवाडीले उद्घाटन गर्नु भएको छ । सांसद दवाडीले सो अवशरमा च्याङलीस्थित मंगलेश्वर महादेव मन्दिरको परापूर्वकाल देखि निकै महत्व रहेको बताउँदै पालुङटार क्षेत्रलाई औधोगिक क्षेत्र सँगै धार्मिक र पर्यटकको हब बनाउनु पर्नेमा जोड दिनु भएको छ । साथै उहाँले मंगलेश्वर महादेव मन्दिरको समग्र विकासका लागि आफुले सक्दो सहयोग गर्ने भन्दै समग्र पालुङटारको विकासको लागि नगरपालिका संग सहकार्य गरिनेसमेत जानकारी दिनुभयो । कार्यक्रममा उहाँले मन्दिरको बिकासको लागि रु ५० हजारको चेक हस्तान्तरण गर्नु भएको छ ।
कार्यक्रमका विशिष्ठ अतिथि पालुङटार नगरपालिकाका मेयर ईञ्जिनिएर दिपकबाबु कँडेलले पुरातत्वीक सम्पदाको संरक्षणमा सवै एक जुट हुनु पर्ने भन्दै विगतमा शिवरात्री मेलाको स्मरण गर्दै मेला, महोत्सव र जात्रालाई पनि उत्पादन र बजारीकरण सँग जोड्नु पर्ने बताउनु भयो । पालुङटारका केहि भागलाई औधोगिक क्षेत्रको रुपमा विकास गरिने तर्फ कार्य अगाडी बढिरहेको जानकारी दिँदैं मंगलेश्वर महादेव मन्दिरको विकासको लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।
मंगलेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष रामकृष्ण भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष बसन्तकुमार श्रेष्ठ, वडा नं. ८ का वडाअध्यक्ष शँकरराज कँडेल, नेवि संघका नेता सुभास अधिकारी, जनता समाजबादीका नेता राजकुमार परियार लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
विभिन्न टोल समिति र आमा समूहले कलश सहितको शोभा यात्रा निकालिएको कार्यक्रममा स्थानीय चन्द्रबहादुर कुमाल र संचारकर्मी शर्मिला विकले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.