तनहुँ । बन्दिपुर गाऊँपालिका क्षेत्रका बिभिन्न स्थानहरूमावर्डलिङ्क कम्युनिकेशन लि का देहाय बमोजिमका अप्टिकल फाईबर काटिएकाे पाईएकाे छ । पटक पटक बिभिन्न स्थानहरूका लुकिछिपी फाईबर काटिंदा सेवाग्राहीहरूमा असर पर्न गएकाे वर्डलिङ्क कम्युनिकेशन लि का हरि रेग्मीले बताउनुभएकाे छ । नियतवस तरिकाले पटक पटक काटिदा सरकारी कार्यालय तथा निजि निवासमा जडान भएका इन्टरनेट सेवामा बारम्बार अवरोध भएकाले दोशी पत्ता लगाई आवस्यक कार्यबाही एवं क्षतिपूर्तिका लागी सम्बन्धित निकायमा अनुराेध गर्नुभएको छ ।
बन्दीपुर एरियामा वल्डर्लिङ्क काे तार ठाउँ ठाउँमा काटियाे, दाेषीलाई कारबाहिकाे माग
Facebook Comments Box