पि सिआर शुल्क घट्याे, अब सरकारीमा ८सय र निजिमा १५ सय मात्र

काठमाडौं :

बुधबार बाट पि सिआर शुल्क घटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन पछि पीसीआरको शुल्क घटाइएको हो ।

प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिवलाई निजी अस्पताल तथा ल्याबमा पीसीआरको शुल्क धेरै भएको भन्दै घटाउन निर्देशन दिनु भएको थियो ।

सोमबारको उक्त निर्देशनसँगै बुधबारबाट स्वास्थ्य मन्त्रालयले २ सय घटाएको छ । यो सँगै अब पीसीरआर गरेवापत ८ सय तिर्नुपर्ने छ । यसअघि पीसीआरको शुल्क १ हजार लिने गरिएको थियो ।

त्यस्तै अस्पताल भर्ना भएका बिरामीहरुको भने निशुल्क पीसीआर हुनेछ । उता निजी अस्पताल र ल्याबहरुले भने १५ सयसम्म पीसीआरको शुल्क लिन पाउने मन्त्रालयले जनाएको छ ।

यसअघि निजी अस्पतालहरुले २ हजार लिने गरेका थिए । त्यस्तै पीसीआर गरेवापद पहिले ३५ भन्दा बढी लिने गरिएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.