व्यास नगरपालिका–१ ले पायो प्राविधिक सहितको वडा सचिव 

व्यास नगरपालिका वडा नं १ को वडा सचिवमा मञ्जु कँडेल सरुव भएकी छन् । कँडेल वडा कार्यालयमा सरुवा भएसंगै वडावासीले वडाबाट प्रदान गरिने सेवा संगै पशु सम्बन्धी सेवा सुविधा पनि पाउने भएका छन् । कँडेल यसअघि व्यास नगरपालिका भेटेरिनरी शाखामा पशु सेवा प्राविधक पदमा कार्यरत थिइन् । कँडेल सोही वडाबासी पनि हुन् । प्राविधिक क्षेत्रमा राम्रो ज्ञान हासिल भएकी कँडेलले वडा कार्यालयको जिम्मेवारीसंगै पशुपालन किसानलाई सेवा दिन आफु लाग्ने बताइन् । पशुपालन किसानलाई भैपरी आउने आकस्मिक सेवाका साथसाथै बिहान र बेलुकाको समयमा पनि किसानको माग भए सेवा दिन आफु तयार रहेको बताइन् । आफ्नै वडामा सरुवा भएर आएपछि आफुले जानेका सेवा दिन आफु सदैब सक्रिय रहने पनि उनले बताइन् । पशुपालन किसानहरुलाई प्रोत्साहन गर्न आफ्नो क्षेत्रबाट सक्दो सेवा गर्ने उनको प्रतिबद्धता रहेको छ । व्यास नगरपालिका भेटेरिनरी शाखाका प्रमुख मनोज बिश्वकर्माले कर्मचारी कँडेलको कार्य क्षमता सन्तोषजनक रहेको बताए । भानु नगरपालिकाबाट यस कार्यालयमा सरुवा भएर आएकी कँडेल आएदेखि नै आफ्नो कार्यक्षेत्र र आफ्नो जिम्मेवारी पूरा गर्न सदैव सक्रिय रहेकी उनले बताए । विभिन्न जिल्ला र कार्यालय हुदै आफ्नै वडामा बसेर वडाबासीको सेवा गर्ने अवसर पाउँदा वडासचिव कँडेल खुशी भएकी छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.