मङ्सिर १५ गते शनिबार
गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ जसले
वडा नम्बर ७ को च्याङ्ली बिरुवाटारमा आज सम्पन्न भेलाले नयाँ कार्यसमिति चयन गरेको हो। जसको उपाध्यक्षमा छबि श्रेष्ठ सचिवमा गणेशलाल श्रेष्ठ, सहसचिवमा चिजा पाण्डे, कोषाध्यक्षमा कुमार प्रसाद ढकाल रहेका छन् भने अन्य सदस्यहरुमा आनन्दराज सिलवाल, आनन्द श्रेष्ठ, कोपिला कमाल, सम्झना श्रेष्ठ, ईश्वर कुमार श्रेष्ठ, टिकाराम कुमाल र शिवजी पाण्डे चयन भएका छन्।
त्यस्तैगरी भेलाले प्रेम कुमार श्रेष्ठको संयोजकत्वमा तीन सदस्य सल्लाहकार समिति समेत गठन गरेको छ। जसको सदस्यहरूमा डाक्टर रविन्द्र कडेल र वडा अध्यक्ष अर्जुनबहादुर कुमाल रहेका छन् त्यस्तैगरी भेलाले ऋण संयोजकमा ईश्वर कुमार श्रेष्ठ, शिक्षा समिति संयोजकमा टिकाराम कुमाल र लेखा सुपरिवेक्षण समिति संयोजकमा शुक्रबहादुर बि.क. लाई चयन गरेको छ !
संस्थाका अध्यक्ष बसन्तकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुनबहादुर कुमालले प्रमुख अतिथिको रुपमा आफ्ना भनाइहरु राख्नुभएको थियो भने जिल्ला सहकारी संघ गोर्खाका सदस्य अमृत काराखेती, मझुवा बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष सुशीला श्रेष्ठ, उज्ज्वल कृषि सहकारी संस्थाका प्रतिनिधि भोजबहादुर थापा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रममा समिति सदस्य छबि श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो !
कार्यक्रम कै अवसरमा शेयर सदस्यहरू मध्येबाट जेष्ठ सेयर सदस्य लाई पनि सम्मान गरिएको थियो। त्यस्तैगरी सेयर सदस्यका छोराहरूमध्येबाट एसइइ परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने सेयर धनी बसन्त कुमार श्रेष्ठ का छोरा निश्चल श्रेष्ठ र शेरधनीका छोरीहरूमध्येबाट एसइइ परीक्षामा उत्कृष्ट अङ्क ल्याउने सीता श्रेष्ठ कि छोरी सोनिका श्रेष्ठलाई समेत सम्मान गरिएको थियो !