गोरखाली समाज फ्रान्सको अधिबेशन र देउसी-भैलो कार्यक्रम संम्पन्न, अध्यक्षमा सञ्जीव देवकोटा

गोरखाली समाज फ्रान्सले गोरखाली समाज फ्रान्सले अधिबेशन, नयाँ निर्बाचन र देउसी-भैलो कार्यक्रम सम्पन्न भएको छ । पेरिसको उत्तर तर्फ जोडिएको ओबरभिलिय शहरको अर्याल निबासमा १० नोभेम्बर २०२४ आइतबारका दिन गोरखाली समाज फ्रान्सले एक दिबसीय कार्यक्रम तीन चरणमा भब्य र अति उल्लासमय कार्यक्रम सम्पन्न गरेको बताइएको छछ ।

 कार्यक्रममा नेपाली राजदूत महामहिम सुधीर भट्टराईको प्रमुख आथित्यता र उहाँकी धर्म पत्नीको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा समाजका प्रमुख अभिभाबक एबम साहित्यकार हरिहर अर्याल , अभिभाबकहरू ई निर्मल अर्याल,सुक गुरूंग , सुरेंद्र काप्री , कार्य समितिका महानुभाबहरूका साथै बिभिन्न मैत्री संगठनका अध्यक्ष लगायत स्थानिय कलाकारहरु र सयौको सङ्ख्यामा गोरखाली एबम नेपालीहरूको सहभागीता थियो ।

 अतिथीहरूको आशन ग्रहणको क्रममा अश्मिता अधिकारी , अश्मिता श्रेष्ठ र नन्दिता अर्यालले गादा लगाई उहाँहरूको स्वागत गर्नु भयो । कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष रामेश्वर श्रेष्ठले गर्नु भएको थियो भने उपाध्यक्ष सुजनराज भट्टले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । महामहिम राजदूतज्यू र सभापतिज्यूले पानशमा दीप प्रज्ज्वलन गरेर संयुक्त रूपमा कार्यक्रमको शुभारम्भ भए पश्चात नेपाली राष्ट्रिय गान गाईएको थियो ।

 ततःपश्चात प्रमुख अभिभाबक हरिहर आर्यालले स्वागत मनतब्य दिनुभयो भनें ग्लोबल गोरखाली समाजका अध्यक्षय गोकर्ण ढकाल र गोरखाली समाज बेल्जियमका अध्यक्ष राम घलेले कार्यक्रम सफलताको शुभ कामना व्यक्त गर्नुभएको भयो । यसपछि महामहिमको सारगर्भित शुभ कामना मनतब्य पछि सभापति रामेश्वर श्रेष्ठले समाजको क्रियाकलापको साथै आर्थिक प्रतिबेदन पढेर सुनाउनु भएको थियो /

दोस्रो चरणको निर्बाचन कार्यक्रममा समितिका संयोजक हरिहर आर्यालले समितिका सद्स्यहरू सुक गुरूंग र सुजन भट्टराईको साथमा निर्बाचन सम्बंधित नियमाबली र प्रक्रिया सुनाउनु भई सहमतीय आधारमा १७ सदस्यीय कार्य समितिको नामाबली घोषणा गरिएको थियो

जसको अध्यक्षमा सञ्जीब देबकोटा , उपाध्यक्ष द्वय सुजनराज भट्ट र नानू देबकोटा , महासचिब सुजन बन्जारा, सह सचिब राजन सिंखडा, कोषाध्यक्ष कुल तामांग, सह कोषाध्यक्ष बर्ता गुरूंग चयन भएका छन् भने सदस्यहरूमा जीवन आले मगर, रबिना सिंखडा, सम्झना भट्ट, रन्जीत श्रेष्ठ, सबिन राना मगर, कुमार श्रेष्ठ, सुदीप दबाड़ी, नवराज बगाले, जीत घले र बिष्णु दबाड़ी रहेका छन् । 

नव निर्बाचित पदधिकारीहरू र सदस्यहरूलाई निर्बाचन समितिका महानुभाबहरू र महामहिम राजदूतज्यूले बधाई र कार्य सफलताको शुभ कामना ब्यक्त गर्दै प्रमाण पत्र प्रदान गर्नु भएको थियो । नव निर्बाचित साथीहरुलाई सुरेंद्र काप्री, निर्मल अर्याल ले बधाई दिनुभयो । नब निर्बाचित अध्यक्ष सञ्जीब देबकोटाले समाजको लक्ष्य प्राप्त गर्न आफूहरू काम गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सबैलाई धन्यबाद दिनुभयो । सभापति रामेश्वर श्रेष्ठले पनि नयाँ कार्य समितिलाई बधाई दिदै कार्य सफलताको शुभ कामना ब्यक्त गर्दै कार्यक्रम सफल पार्न काम गर्ने पुरानो कार्य समिति , घरबेटी, स्वयं सेबक , आर्थिक सहयोगी र उपस्थित सबैलाई धन्यबाद दिदै अधिबेशन भित्रको दुई सत्र विसर्जन भइ सांस्कृतिक देउश्री- भैलो कार्यक्रम प्रारम्भ हुने घोषणा गर्नु भयो । तेस्रो चरणको देउश्री-भैलो कार्यक्रमको प्रारम्भमा सुजनराज भट्ट र बीरू खड़काको सुरिलो स्वर र देउश्री- भैलीको मीठो भङ्गीले सबै सहभागीहरूलाई मोहित बनायो । सहभागीहरूको दान दक्षिणाबाट समाजको आपत्तकालीन कोषमा झन्डै २५०० युरो बृद्धि हुन पुगेकोछ । उल्लासमयका साथ भोजन पछि कार्यक्रम ,२२ बजे समाप्त भयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.