युरोपको भ्रमणपछि मध्यपूर्व पुगेका एनआरएनए अध्यक्षका प्रत्याशी आरके शर्मालाई दुबईमा भव्य स्वागत,

४० देश पुगेर पाएको समर्थन बोकेर चुनावी मैदानमा
युएई,युरोपको भ्रमणपछि आफ्नो कर्मभूमि मध्यपूर्व आइपुगेका गैरआवासीय नेपाली संघ(एनआरएनए) का अध्यक्ष प्रत्याशी राजेन्द्रकुमार(आरके) शर्माले दुबईमा एनआरएनए अभियन्ताहरुलाई सम्वोधन गरेका छन ।
बिगत सत्र बर्षदेखि आफु बिदेशमा रहेर बिशेष गरेर मध्यपूर्वमा रहँदै गर्दा आफुले पनि बिभिन्न समयमा चाडपर्व मनाउन नपाएको पिडाको महशुस आफुले पनि गरेको शर्माले बताए । म यो अभियानमा हिडदै गर्दा ममतामयी आमा बिरामी पर्दापनि समयमा घर जान सकिन, तपाईहरु पनि यस्तो परिस्थितीबाट गुज्रिनु भएको होला भन्दै शर्मा आफ्नो सम्वोधनको क्रममा भावुक रुपमा प्रस्तुत भएका थिए । अवको नेतृत्व मध्यपूर्वमा आयो भने मात्र श्रमिकको हक, हितका निम्ति धेरै कार्य गर्न सकिने कुरामा शर्माले जोड दिएका थिए ।
सम्वोधनको क्रममा आफ्ना २४ प्रतिवद्धताहरु दोहोर्याउदै आफु बिजयी भएमा ति प्रतिवद्धताहरु इमान्दारीताका साथ पूरा गर्ने बाचा गर्न आफु दुबईलगाएतका ४० देशको भ्रमणमा पुगी डेलिगेट्स र एनआरएनए अभियन्तालाई आफ्नो बाचाहरु प्रस्तुत गरेको शर्माले बताए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष पदका उम्मेदवारहरु धर्मराज अधिकारी, रोबिन प्रसाद शेरचन, हालका मध्यपूर्व संयोजक एवं आइसीसी सचिव पदका उम्मेदवार मनोज कुमार श्रेष्ठ (गोर्खाली), कोषाध्यक्ष पदका उम्मेदवार ठाकुर प्रसाद ढुंगाना, मध्यपूर्व उपसंयोजक राजु केसी, आइसीसी सदस्य पुष्कर सापकोटा, आइसीसी सदस्य मणी प्रसाद भुर्तेल,एनआरएनए यूएईका अध्यक्ष बिकास साही, जनप्रगतिशिल मञ्च युएईका अध्यक्ष बाबुराम बिश्वकर्मा, प्रवासी नेपाली मञ्च युएईका महासचिव बाबुराम सापकोटा, नेपाली बिजनेश काउन्सीलका कोषाध्यक्ष एकेन्द्र बहादुर थापा लगायत बैचारिक सँघ संस्थाका प्रतिनिधिहरुले सम्वोधन गर्दै अध्यक्षका प्रत्याशी शर्मा र सम्पूर्ण उम्मेदवारहरुलाई बिजयको शुभकामना दिएका थिए ।

गत हप्ता बुधवार आफ्नो कर्मभूमि कतारको दोहामा अध्यक्षको उम्मेदवारी दिएपछि शर्मा साउदी अरब हुँदै बहराइन पुगेर युरोप भ्रमणमा निस्केका थिए । युरोपको करिब एक साता लामो भ्रमण सकेर शर्मा शनिवार बिहान दुबई आइपुगेका हुन ।
अध्यक्षको उम्मेदवारीमा आफ्नो समर्थन जुटाउन तथा विश्वका गैरआवासीय नेपाली अभियन्तासँग छलफल र सुझावको लागि शर्माले ४० वटा देशको भ्रमण गरेका छन । असोजको ३० देखि कात्तिक २ सम्म एनआरएनएको विश्व सम्मेलन काठमाडौंमा हुँदै छ । काठमाडौंमा आउनु अगाडि शर्माले आफ्नो कर्मभूमि मध्यपूर्वका अभियन्तासँग छलफल गर्नेछन ।
दुबईमा शर्मालाई गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य पुष्कर सापकोटा युएईका अध्यक्ष विकास शाही,निवर्तमान अध्यक्ष तथा आइसीसी कोषाध्यक्षका प्रत्याशी ठाकुर ढुंगाना लगायतका अभियन्ताहरूले भब्य स्वागत गरेका थिए ।
शर्माले पछिल्लो ३ महिनामा ४० देशमा पुगेर आफ्नो पक्षमा समर्थन बटुलिसकेका छन ।
एनआरएनएको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका शर्मा विश्वभरका नेपालीहरुले आफ्नो पक्षमा देखाएको साथ र समर्थनले उत्साहित भएर चुनावी मैदानमा उत्रिएका छन । आफ्नो उम्मेदवारी, एजेण्डा र प्रतिवद्धता बोकेर तीन महिनादेखि समर्थन जुटाउन विश्व भ्रमणमा निस्किएका शर्मा सबैको सकारात्मक प्रतिक्रिया बोकेर फर्किएका छन । अध्यक्षमा उम्मेदवारी दिएका अन्य प्रतिष्पर्धीभन्दा धेरै मेहनेत गरेका शर्मा मध्यपुर्वको अधिकांश समर्थन साथमा लिएर अन्य देशमा पुगेका हुन । उनको भ्रमण तालिका र मेहनत देखेर अन्य प्रतिष्पर्धी र एनआरएनए अभियन्ता दंग परेका छन ।
शर्माले विगत ६ महिनादेखि आराम गर्न पाएका छैनन् । जहाजमा नै उनको धेरै समय बित्यो । एनआरएनएको अध्यक्षमा उठ्ने तयारी गरेपछि नेपालीहरु रहेका अधिकांश क्षेत्रमा पुगेर उनले अन्तरक्रिया र छलफल कार्यक्रम गरे । प्रवासी नेपालीहरुका समस्या र त्यहाँका सम्भावनालाई उनले नजिकबाट नियाले ।
शर्माले उम्मेदवारी घोषणा गर्दै आफ्ना २४ महिने कार्यकालमा गर्न सकिने २४ योजना तथा कार्यक्रमहरू सार्वजनिक गरेका छन । उनको आफ्नो घोषणापत्रमा नै २४ महिना २४ बाचा उल्लेख गरेका छन ।
शर्माले अध्यक्ष पद मात्रै प्राप्त गर्ने आफ्नो अभिलाषा नभई योजनाबद्ध रूपमा कार्य गर्ने लक्ष्य सहित आफू संघको नेतृत्व गर्ने अभियानमा लागेको बताएका छन ।
शर्माले आफू अध्यक्षमा निर्वाचित भएपछि २४ वटा बुँदामा मात्रै नभएर त्यसमा आधारित रहेर धेरै काम गर्ने योजना बनाएका छन् । “गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मुल नारा बोकी शर्मा यतिखेर समर्थन जुटाउन चुनावी अभियानमा नै छन् ।
विश्व भ्रमणका बेला शर्माले गैरआवासीय नेपालीहरुका समस्यालाई नजिकबाट बुझेका छन् ।

८६ देशमा फैलिसकेको गैरआवासीय नेपाली संघको महाधिबेशनमा ५८ देशका प्रतिनिधिले सहभागिता जनाउन पाउने भएका छन । मध्यपुर्व,मलेसिया,कोरिया र श्रमिकमैत्री मुलुकको एक मात्र साझा अध्यक्षका उम्मेदवार रहेका शर्मालाई अधिकांश क्षेत्रका प्रतिनिधिहरुले साथ दिने र सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । उनिहरुले ३० लाख श्रमिक रहेको मध्यपुर्व र मलेसियाले एनआरएनए स्थापना भएको २० वर्षमा पनि नेतृत्व नपाउनु दुखद भएको जनाउदै यसपटक शर्मालाई नेतृत्व दिन एनआरएनए डेलिगेटस र अभियन्तालाई आग्रह गरेका छन ।
शर्मा गैरआवासीय नेपाली अभियानमा सन २००५ देखि सक्रिय छन । उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको सल्लाहकारदेखि आइसीसी सदस्य, मध्यपूर्व संयोजक र आइसीसी सचिव भएर काम गरेका छन । हाल उनी संघको आइसीसी उपाध्यक्ष हुन ।
नेपालको बाग्लुङ जिल्लामा मध्यम परिवारमा जन्मिएका शर्मा २० वर्षअघि सन २००३ मा कतार पुगेका थिए । हाल उनी कतार तथा नेपालमा एक सफल नेपाली व्यवसायी र समाजसेवीका रुपमा चिनिन्छन ।

 

 

२० वर्षमा पुगेको गैरआवासीय नेपाली संघले मानवीय कार्यलाई निरन्तरता दिंदै आर्थिक मुद्दामा यो अभियानलाई केन्द्रित गराउनुपर्ने योजना शर्माको छ । यसका लागि शर्माले रेमिट्यान्सको रकम देशको विकासमा लगाउन प्राधिकरणको योजना अगाडि सारेका छन् । जसलाई विश्वभरमा रहेका गैरआवासीय नेपालीको साथ र सहयोग मिलेको छ ।

‘विश्वमा जुनसुकै कुनामा पुगेपनि नेपालीहरुको चाहना र इच्छा एउटै छ’शर्माले भने,“नेपाललाई छिट्टै समृद्द र विकसित बनाएर फर्कने, यही उद्देश्यको लागि अब हामीहरुले काम गर्नु पर्नेछ ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा देश छोड्नेहरुको दृष्य हेर्दा देश नै खाली होला भन्ने चिन्ता बोकेमा शर्माले भने, “यो अवस्था आउन नदिन अब एनआरएनएको नेतृत्वले विशेष कार्य योजना ल्याउनु पर्दछ । म त्यही अभियानमा होमिएको छु ।”

स्थलगत भ्रमणमा पुग्दा त्यहाँका समस्या र समाधानका विषयमा धेरै जानकार भएको शर्माको भनाई छ । श्रमिकका मुद्धा मात्र होइन, नागरिकताका विषय, युवापुस्ता तथा खेलाडीका मुद्धा, महिला तथा लगानीका विषय अनि संस्थाको समग्रका विकासका लागि मार्गचित्र बनेको शर्माको भनाई छ ।

 

युरोपमा अहिले सिजनल कामदारको अभाव रहेकोले युरोपमा नेपाली कामदार पठाउन सकिने विषय पनि युरोप भ्रमणका क्रममा उठेको छ । युरोपका देशहरुसँग श्रम सम्झौता गर्न नेपाल सरकारलाई आग्रह गर्नुपर्ने विषय पनि उठेको छ ।

विश्वयुद्धको बेला मलेसिया, थाइल्याण्ड, म्यानमारमा रहेका नेपालीहरुलाई पनि गैरआवासीय अभियानमा जोड्नुपर्ने आवाज उठेको छ । त्यस्तै जापान, कोरिया, युरोप, अष्टे«लिया र क्यानडामा नेपाली विद्यार्थीहरुको समयस्यालाई सम्बोधन गर्न एनआरएनएले भूमिका खेल्नुपर्ने एनआरएनहरुले माग गरेका छन् ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

सौर्यको विमानमा मृत्यु भएकाहरूको सब परिवारलाई बुझाउन थालियो

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लाग्दा दुर्घटनामा परी मृत्यु भएका १८ जना मध्ये १२ जनाको सब परिवारलाई हस्तान्तरण गरिसकिएको बताइएको छ। मृतक सबैको पोस्टमार्टम

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.