जेठ २०।
राष्ट्रिय एकिकृत बिकास संघ (NIDA) काे सहयाेगमा गाेरखा, तनहुं र लमजुङका बिभिन्न अस्पतालहरूमा काेराेना नियन्त्रणमा अाबश्यक स्वास्थ्य सामग्रीहरू बितरण गरिएकाे छ । रेडियो बन्दिपुर ८८.८ का कार्यकारी निर्देशक समेत रहनुभएका बिजय कुमार कार्कीकाे बिशेष पहलमा प्राप्त सामग्रीहरू जेठ १९ गते नै बितरण गरिएकाे हाे । गाेरखाकाे पालुङटारमा रहेकाे अांपपिपल अस्पताल, तनहुँकाे भानु नगरपालिकाकाे पुरनडिही अस्पताल, बन्दिपुर अस्पताल, भिमाद अस्पताल, जि पि काेईराला अस्पताल, लमजुङको नमूना सामुदायिक अस्पताल,सुन्दरबजार लगायतका अस्पतालहरूका लागि सामग्री बितरण गरिएको हाे । हरेक अस्पताल का लागि १ थान अक्सिजन कन्सन्ट्रेटर मेशिन, ५ थान अक्सिमिटर र ६२ थान पिपिई प्रदान गरिएको छ ।