गोरखा : नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एव प्रतिनिधि सभाका सांसद चुडामणी खड्का (प्रकाश) ले गोरखाको पालुङटार नगरपालिका र नगरपालिका भित्र बिभिन्न संघसंस्थाहरुलाई करिब १५ लाख रुपैया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।
कोरोना संक्रमणबाट नागरिकहरुको स्वास्थ्य सुरक्षामा सहयोग पु¥याउन नेता खड्का सहितको टोलीले आज पालुङटार नगरपालिका, आपँपिपल अस्पताल लगायतका क्षेत्रमा पुगेर स्वास्थ्य सामग्री बितरण गरेको हो ।
पालुङटार नगरपालिका क्षेत्र भित्र पछिल्लो समय कोरोना संक्रमितको सख्ंया बढ्दै गएपछि नेता खड्का र समाजसेवि युवा नेता दुर्गालाल श्रेष्ठको पहलमा स्वास्थ्य सामग्री बोकेर आइपुग्नु भएको हो ।
नेता खड्काले पालुङटार नगरपालिकालाई २ थान कन्सन्ट्रेटर, मास्क, सेनिटाइजर, पिसिइसेट लगायतका अत्याबश्यक औषधी उपलब्ध गराउनु भएको नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले जानकारी दिनुभयो ।
त्यस्तै आजै उहाँहरुले आँपपिपल अस्पतालमा १ थान कन्सन्ट्रेटर सहितका अत्याबश्यक सामग्री उपलब्ध गराइएको जानकारी दिनुभयो । उता आँपपिपल स्वास्थ्या चौकीलाई पनि एक थान कन्सन्ट्रेटर सहित स्वास्थ्य सामग्री उपलब्ध छ ।
पालुङटार नगरपालिका वडा नम्बर २ को कार्यालयलाई पनि अक्सोमिटर, मास्क, सेनिटाइजर लगायतका औषधी उपलब्ध गराएको छ ।
पालुङटार नगरपालिकालाई बुधबार स्वास्थ्य सामग्री प्रदान गर्नुहुदै सांसद चुडामणी खड्का (प्रकाश) खड्का सहितको टिमले कोरोना परीक्षणका बिभिन्न संघसंस्थालाई गरि करिब एन्टिजेन किट ७ सय थान, पिपिई १ सय थान, फेस सिल्ड ५ सय थान, सेनिटाईजर ५ सय लिटर, बुट लगायतका अत्याबश्यक औषधीहरु जिङ्क ट्यावलेट, मिटामिन सि भिटामिन डि लगायतका उपलब्ध गराइएको बताउनुभयो ।
कोभिड-१९ दोस्रो लहरको महामारीका बीच जनता विचमा जाने अभियानका क्रममा ४ थान अक्सिजन कन्सेनट्रेटर, एन्टेजीन किट ५०० थान , माक्स ,स्यानीटाइजर ,पिपिइ सेट, वितरण गर्नका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सद्स्य उर्जाशिल युवा नेता आदरणीय चुडामणि खड्काको नेतृत्वमा युवा नेता दुर्गालाल श्रेष्ठ, पालुङ्टार काठमाडौ सम्पर्क मन्च, काठमाडौमा रहनु हुने कमरेडहरु लगायतको संयोजनमा पालुङटार नगरपालिकाको कार्यलय, आंपिपपल हस्पिटल, सामुदायिक स्वास्थ्य केन्द्र ठाँटीपोखरी , इलाका प्रहरी कार्यलय ठाँटीपोखरी लगायत पालिकाका विभिन्न स्वास्थ्य केन्द्रहरुमा पुगेर बितरण गरिएको थियो ।