उपत्यका प्रवेशका सबै नाकामा सेना परिचालन गर्नुपर्ने ३ वटै जिल्लाका प्र.जि.अ.हरूकाे भनाइ

काठमाडौं : काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँच वटै नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थिति भएका उनले चाहेर पनि र नचाहेर पनि दैनिक दुई हजारभन्दा बढी मान्छेलाई भित्र्याउनु परेको उल्लेख गर्दै नाकालाई ठप्प पार्न नसकिएकाे बताउँदै नाकामा सेना परिचालन गर्नुपर्ने बताए ।

उनले नाकाहरूमा सेना परिचालन गर्नुपर्ने आवश्यकता देखिएको बताए । उनले भने, ‘यदि दुई हजार मान्छे नभित्र्याउने र ठप्प पार्ने हो भने यहाँ ग्यास बाहिरबाट आउँछ, खाद्यान्न बाहिरबाट आउँछ। त्यसकारण काठमाडौंमा ठ्याप्पै पार्ने भन्ने अलि गाह्रो हुँदो रहेछ।’ नेपाली सेनाको एउटा समूह नै पाँचवटै नाकामा राख्न उनले सुझाएका छन् ।

यस्तै ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दसैंसम्म निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने बताएका छन् । उनले चाडपर्वको समयमा मानिसहरूको आवागमन पनि बढ्ने भएकाले निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिनुपर्ने बताएका हुन्। त्यसलाई रोक्न अहिलेदेखि नै केही क्षेत्रलाई सञ्चालन गर्न दिनुपर्ने उनको उनको भनाइ छ ।

त्यस्तै भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरुबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट दबाब आउने गरेको बताइन्। योजनावद्ध रुपमा मानिसहरूलाई उपत्यकाभित्र प्रवेश गर्न दिने विषयमा सबैको ध्यान जानुपर्ने उनले बताइन्।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.