जीवन ज्योतिमा क्वारेन्टाइन स्थापना हुँदै

रविन्द्र कंडेल
गोरखा संसार
१२ जेठ, गोरखा ।

बिश्व महामारीको रुपमा रहेको कोभिड १९का कारण नेपालमा लकडाउन गरिएको २ महिनाभन्दा बढी भएको अवस्थामा भारत लगायतका विभिन्न मुलुकबाट नेपाल आउनेको संख्या बढेसंगै सवैजसो स्थानीय तहहरुले क्वारेन्टाइनको संख्या बढाउन थालेका छन् ।
त्यस्तै क्रममा गोरखाको पालुङ्टार नगरपालिकाले पनि नगरपालिका भित्रका विभिन्न स्थानहरुमा क्वारेन्टाइनको संख्या थप गर्न थालेको छ । पछिल्लो समयमा यस पालिका भित्र पनि मुख्यगरी भारतका विभिन्न स्थानहरुबाट आउनको लागि संपर्क गर्ने मानिसहरुको संख्या बढेसंगै क्वारेन्टाइन थप गर्न लागिएको नगर प्रमुख दिपक बाबु कंडेलले बताउनुभयो ।
नगरपालिकाको वडा नं. १ र वडा नं. ७ का विद्यालयहरुमा क्वारेन्टाइन बनाउन थालिएको छ ।
वडा नं. ७ र ८ का भारतबाट आउने मानिसहरुका लागि लक्षित गरी वडा नं. ७ को जीवन ज्योति मा.वि.मा क्वारेन्टाइन बनाइएको छ । विद्यालयका केही कोठाहरु प्रयोग गरी क्वारेन्टाइन बनाइएको र अब अन्य मुलुक तथा स्थानहरुबाट आउने व्यक्तिहरुलाई राखिने वडा नं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले बताउनुभयो । क्वारेन्टाइन व्यवस्थापनका लागि वडा नं. ७ का वडाध्यक्ष श्रेष्ठसहित वडा नंं ८ का वडाध्यक्ष शंकरराज कंडेल, च्याङ्ली स्वास्थ्य चौकी, धुवाँकोट स्वास्थ्य चौकी का प्रमुखहरु, स्थानीय अगुवाहरु लगायतकाको एक समूह बनाई क्वारेन्टाइन व्यवस्थापन समिति समेत बनाइएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.