रत्ननगर : कोरोना भाइरस (कोभिड–१९)संक्रमणको जोखिमलाई मध्यनजर गर्दै चितवनको सौराहा ‘लकडाउन’ को अवस्थामा पुगेको छ । सोमबार आज राति १२ बजे अर्को सुचना नभए सम्मको लागि ‘लकडाउन’ हुने भएको छ ।
‘लकडाउन’को समयमा अति आवश्यक पसलहरू बाहेक सबै होटल, रेष्टुरेन्ट तथा पसलहरू अर्को निर्णय नभए सम्म बन्द गर्न आग्रह गरेका छन ।सौराहामा हाल ११५ भन्दा वढी ठुला होटल र ८० वटा रेष्टुरेन्ट रहेका छन । साथै व्यवसायले नेपाल सरकारलाई आवश्यकता परेको अवस्थामा ४ हजार बेड क्वारेन्टटाईनको लागि उपलव्ध गराउने वताएका छन ।
४ हजार बेड मध्य स्थानिय सरकार रत्ननगरको लागि १ हजार बेड उपलव्ध गराउने समेत वताएका छन् । आज सौराहामा वसेको जनप्रतिनिधि र स्थानिय व्यवसायीको वैठकले यस्तो निर्णय गरेको आज एक विज्ञप्ति मार्फत सार्वजनिक गरेका छन् ।
विज्ञप्तिमा रत्ननगर नगरपालिका वडा नम्वर ६ का अध्यक्ष वलराम दाहाल , क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराई , रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडा हस्ताक्षर गर्नु भएको छ ।