गोरखा जिल्लामा भोलीबाट औषधी र दैनिक उपभोग्य पसलबाहेक अन्य पसलहरु बन्द हुने

गोरखा – गोरखा जिल्लामा भोलीबाट औषधी र दैनिक उपभोग्य पसलबाहेक अन्य पसलहरु बन्द हुने भएका छन ।

कोरोना भाइरस (कोडिभ १९) को संक्रमण हुन सक्ने भन्दै गोरखा उद्योग बाणिज्य संघले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै मंगलबारबाट अरु पसलहरु अनिबार्य रुपमा बन्द गर्न भनेको हो ।

संघका अध्यक्ष जिवन ज्योति श्रेष्ठको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले नेपाल सरकारले आब्हान गरेको र स्थानिय सरकारको अनुरोधलाई मध्यनजर गर्दै अत्यावश्यकीय सेवा तथा बस्तु बाहेकका जिल्ला भित्र सञ्चालित उद्योगधन्दा, कलकारखाना, ब्यापार, ब्यवसाय आजैका मिति देखी चैत्र २१ गते सम्म बन्द गर्न अनुरोध गरेको हो ।

यो निर्णय संगै अब जिल्ला भित्र सञ्चालित दैनिक उपभोग्य बस्तुका पसल र औषधी पसल बाहेक सबै बन्द हुने उद्योग बाणिज्य संघ गोरखाले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.