अकला मा.वि.काे समस्या समाधानसहित सकारात्मक सन्देशः एकपटक सबैले पढाैं

गाेरखा

पालुङटार नगरपालिका वडा नं. ८ मा रहेकाे अकला माध्यमिक बिद्यालयमा केही समयअघिदेखि प्रधानाध्यापक र सहायक प्रधानाध्यापक बिचकाे बिबादकाे समाधान भएकाे छ ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र अंगाइ र सहायक प्रधानाध्यापक राजेन्द्र राेका बिच असमझदारी बढेकाे र जसका कारण विद्यालय सञ्चालनमा समेत असर परेकाे भनी अाज विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठकाे अध्यक्षतामा बैठक बसी समाधानका लागि पहल गरिएकाे थियाे । बैठकमा पालुङटार नगरपालिकाका शिक्षा शाखा प्रमुख माधव देवकाेटा, शिक्षक महासँघ पालुङटारका अध्यक्ष चेतनाथ पन्त, भवानी मा.वि. का प्रधानाध्यापक अाेजराज गिरी, एकिकृत अखिल नेपाल शिक्षक संगठनका गणेश देवकाेटा लगायतकाकाे उपस्थिति रहेकाे थियाे । त्यस्तै गरी शिक्षक अभिभावक संघका पदाधिकारीहरू तथा अभिभावकहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।

अाज बिद्यालयमा लामाे समयसम्मकाे मन्थनपछि दुवै पक्षले अाफ्ना कमी कमजाेरीहरू स्वीकार गर्दै अात्मालाेचित हुँदै अागामी दिनमा विद्यालयकाे पठनपाठनमा कुनै पनि समस्या अाउने गतिबिधी हरू नगर्ने र कमजाेरीहरू सुधार गर्दै एकजुट भएर विद्यालयलाइ अादर्श बिद्यालयकाे रूपमा अघि बढाउने प्रतिबद्धता समेत जनाएका छन् ।

यसअघि एक अापसमा अाराेप प्रत्याराेप लगाउने गरेका र २ पक्षबीच चर्काचर्की हुने गरेकाे र विद्यालय परिसरमै भनाभन हुने गरेकाे भनी सामाजिक सञ्जालमा भिडियाे समेत बाहिरिएपछि स्थिति जटिल माेडमा जान लागेकाे थियाे । बिगतका सानातिना कुराहरूलाइ छाडेर अगाडी बढने भन्दै दुवै जनाले हात मिलाएर सकारात्मक सन्देश दिएकाे भन्दै अभिभावकहरू  उत्साहित हुँदै खुशी व्यक्त गरेका छन् ।

बिद्यालयमा प्रधानाध्यापक र सहायक प्रधानाध्यापक बिच बिबाद हुँदा पटक पटक बिद्यालय परिसरमा बिद्यार्थीकै सामु समेत भनाभन हुने गरेका कारण समस्या अाएकाे बताइएकाे थियाे ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.