निर्वाचनमा संचार माध्यमको भूमिकाको बारेमा छलफल

गोरखा सदरमुकाममा निर्वाचनमा संञ्चार माध्यमको भूमिकाको बारेमा शनिवार छलफल भएको छ । जिल्ला निर्वाचन कार्यालय गोरखाको आयोजना र नेपाल पत्रकार महासंघ गोरखाको समन्वयमा कार्यक्रम भएको हो ।
कार्यक्रम जिल्ला निर्वाचन कार्यालय गोरखाका प्रमुख टेकबहादुुर कोइरालाले निर्वाचनमा सञ्चार माध्यमको भूमिकाको बारेमा जानकारी गराएका थिए ।

अभिमूखीकरण कार्यक्रममा निर्वाचनलाइ शान्त, भयरहित वातावरणमा सम्पन्न गर्न तथ्यपूर्ण सूचना सम्प्रेषणमा पत्रकारहरुको महत्वपुर्ण भूमिका रहने उनले बताए । निर्वाचनमा सबैले पालना गर्नुपर्ने आचरणहरु, निर्वाचनमा कस्को के भूमिका हुन्छ भन्ने विषयमा जानकारी गराएका थिए ।

साथै उनले आयोगले हाल सम्म गरेका कार्यहरु, निर्वाचन आचारसंहिता र आमसञ्चार माध्यम, निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्तिको रोकथाम, आयोगका सूचना संयन्त्र र आयोगको अपेक्षा लगायतको विषयमा प्रस्तुतीकरण दिएका थिए ।

सोहि कार्यक्रममा पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाले मिडिया र पत्रकारले पेशागत मर्यादा र पत्रकारिता सिद्धान्तमा अडिग भएर काम गर्नुपर्ने बताए । पत्रकार आचरसंहिता, निर्वाचन आचारसंहित र नागरिकप्रति उत्तरदायि भएर काम गर्नुपर्ने विषयमा उनले प्रस्तुतिकरण दिएका थिए ।

पत्रकार महासंघ गोरखाका अध्यक्षसापकोटाको अध्यक्षता तथा मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, गोरखा क्षेत्र नंम्बर २ का निर्वाचन अधिकृत नाराणप्रसाद भट्टराई, निर्वाचन कार्यालय गोरखाका प्रमुख टेकबहादुर कोइराला लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.