गाेरखा, कार्तिक ७ गते । गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमालकाे पहलमा बिरूवाटारबाट चल्ने सवारीसाधनकाे भाडा घटाईएकाे छ । यस अघि बिरूवाटारदेखि नयांपुल हुंदै डुम्रे जाने यात्रुहरूसंग मापदण्ड भन्दा बढी भाडा लिएकाे भनी जनगुनासाे अाएसंगै समस्या समाधानका लागि केही दिन अघि वडा नं ७ का वडाध्यक्ष कुमाल, वडा नं ६ का पूर्व वडाध्यक्ष गाेविन्द बराकाेटी सहितकाे उपस्थितिमा स्थानीय राजकुमार परियारकाे अध्यक्षतामा एक समिति गठन गरी भाडा समायोजन समिति गठन गरेकाे थियाे । समितिले गाेरखास्थित दराैंदी यातायात कम्पनी प्रा.लि.संग समन्वय गरी नयां भाडादरकाे सूची तयार गरी यातयात ब्यबसायीहरूलाई प्रदान गरेकाे छ । वडा नं ७ काे बिरूवाटारमा अाज टाेलका अध्यक्ष बिकास परियार सहित प्रहरी प्रशासन, ब्यबसायी तथा स्थानीयहरूकाे उपस्थितिमा नयाँ भाडादरकाे सुची प्रदान गरिएकाे छ । अाफु बिजय भएपश्चात जनतासँग प्रत्यक्ष सराेकार राख्ने बिषयहरूमा अाफुले निरन्तर निगरानी गरिरहेकाे वडाध्यक्ष कुमालले बताएका छन् । नयाँ भाडादर :
पर्यटन व्यवसायमा कोशेढुङ्गा साबित हुँदै बन्दीपुर केवलकार
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ। गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो।बन्दीपुर केबलकार