असाेज २० रुपन्देही ।
दसैको टीका लगाउन मामाको घर जादै गरेकी एक युवतीको कारको ठक्करबाट मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधइमा दुर्घटनामा परी २१ वर्षीया झरना चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लु ४१ प ९८७ नम्बरको स्कूटीमा सवार उहालाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिँदा घाइते हुनु भएको थियो । कारको ठ्क्करबाट गम्भीर घाइते चौधरीलाई उपचारका लागि भीम अस्पताल लगिएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्याम अर्यालले जानकारी दिए ।चौधरी अनेरास्ववियु जिल्ला कमिटी सहसचिव हुन ।
तिलोत्तमा– ३ सिर्जनानगर स्थायी घर भएकी उहाँ लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्नातक तहमा अध्ध्यनरत थिइन । बुधबार घरमा दशैंको टीका लगाएर नवलपरासीस्थित मामाघर जाँदै गर्दा चौधरी दुर्घटनामा परेकी हुन् ।