सिकाइ केन्द्रद्वारा ५ महिला व्यवसायीलाइ सहुलियत दरमा लघुउद्यम कर्जा बितरण

गाेरखाकाे पालुङटार नगरपालिका वडा नंं. ७ मा रहेकाे च्याङली सामुदायिक सिकाई केन्द्रले ५ महिला व्यवसायीलाइ सहुलियत दरमा लघुउद्यम कर्जा बितरण गरेकाे छ ।

केन्द्रकाे अाज बसेकाे बैठककाे निर्णयअनुसार लघुउद्यम घुम्ती काेषका लागि निवेदन दिएकाहरूमध्ये ५ जनाका लागि जनही ४७००० रूपैयाँका दरले पालुङटार नगरपालिका वडा नं ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमाल काे हातबाट बितरण गरिएकाे छ ।

सिकाइ केन्द्रका अध्यक्ष रविन्द्र कंडेलकाे अध्यक्षतामा अाजै बसेकाे बैठकले अायअार्जनकाे लागि व्यवसाय गरिरहेका महिलाहरूका लागि थप प्रेरणा र अात्मनिर्भर बनाउनकाे लागि साे रकम उलब्ध गराउने निर्णय गरिएकाे थियाे ।
केन्द्रका लागि साे रकम शैक्षिक श्राेत तथा बिकास केन्द्रले TCP Global सँगकाे सहकार्यमा उपलब्ध गराएकाे हाे ।
साे रकम प्राप्त गरी व्यवसाय गरेका महिलाहरूकाे व्यवसायकाे समय समयमा अनुगमन गरिने केन्द्रका अध्यक्ष रविन्द्र कंडेलले जानकारी दिनुभयाे । त्यस्तै गरी व्यवसायीहरूले साे रकमकाे साँवा र व्याज ६ महिनापछि फिर्ता गर्नुपर्ने र पुनः लगानी गरिने पनि बताइएकाे छ ।
सिकाइ केन्द्रले स्थापना कालदेखि नै मुख्यगरी महिलाहरूकाे अायअार्जन, सिपमूलक तालिम, जनचेतनामूलक कार्यक्रमहरू, साक्षरता तथा साक्षराेत्तर कक्षा सञ्चालन लगायतका गतिविधीहरू सञ्चालन गर्दै अाइरहेकाे छ ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.