इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर पाैडेल उत्कृष्ट घाेषित

इलाका प्रहरी कार्यालय ठाँटीपोखरी, गोरखामा कार्यरत प्रहरी निरीक्षक प्रताप पौडेल श्रावण महिनाको उत्कृष्ट प्रहरी हुनु भएको छ ।

तोकिएको जिम्मेवारी उच्च अनुशासनमा रहि सम्मानित अदालतको फैसला कार्यान्वयनको सिलसिलामा विभिन्न मुद्दाहरुमा कैद तथा जरिवाना सजाय तोकिई हालसम्म फरार रहेका ११ (एघार जना अभियुक्तहरुलाई पक्राउ गरि कानूनी दायरामा ल्याउन सफल भएको, जाफ मातहतका प्रहरी कर्मचारीहरुलाई आन्तरिक श्रोत साधनबाट प्रशिक्षण प्रदायक संस्था संग समन्वय गरि सिप मुलक कार्यक्रम संचालन गरेको, अपराध रोकथाम नियन्त्रण तथा अनुसन्धान कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको, प्रहरी कर्मचारीहरुको परिचालन, रेखदेख एवं नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको, प्रहरी र नागरिक बीचको सम्बन्ध प्रगाढ बनाउने, खबर संकलन तथा अपराध रोकथाम लगाएतका विविध जिम्मेवारीहरुलाई त्रुटि रहित तवरले सम्पन्न गर्नुको साथै कार्यालय प्रमुखको जिम्मेवारीलाई उत्कृष्ठ ढंगबाट कार्य सम्पादन गर्न सफल भएकाले उहाँको उत्कृष्ठ कार्यको कदर स्वरूप प्रहरी नियमावली-२०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १५७ को देहाय (ख) बमोजिम नगद रु १,०००।- (एक हजार रुपैया पुरस्कार सहित उहाँ लाई २०७९ साल श्रावण महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले दिएको प्रमाण पत्रमा लेखिएको छ  ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.