पोखराको रानीपौवामा ई–कमर्स साथीको शुभारम्भ

वि वि श्रेष्ठ
रानीपौवा, पोखरा ।
नयाँ पुस्तालाई प्रविधिमा अभ्यस्त वनाउने र डिजिटलाईजेशन वनाउने उद्येश्य स्वरुप खोलिकाएको ई–कमर्सको पोखराको रानीपौवामा शुभारम्भ भएको छ । संस्थाको अध्यक्ष विजय कुमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कन्या क्याम्पस पोखराका क्याम्पस प्रमुख शुरेश कुमार श्रेष्ठले एक कार्यक्रमका वीच उद्घाटन गर्नुभएको थियो ।
मोवाईल एपको निर्माण, सप्टवेयरको डिजाईन, डिजिटल मार्केटिङ्ग, वेभसाईट डिजाईन, ग्राफिक डिजाईन, सोसल मिडिया म्यानेजमेन्टको काम गर्ने संस्थाले जनाएको छ । यसका अलवा डिजिटल मार्केटिङ्ग तालिम, वेभसाईट डिजाईन, डिजिटल पत्रकारिता, एफलाईट मार्केटिङ्ग, ईकमर्श विजनेश र ग्राफिक्स डिजाईन सम्वन्धि तालिम समेत दिनेछ । यसका साथै वस्तुको विक्री वितरणको प्रक्रिया पनि थालिएको संस्थाले जनाएको छ । गुणस्तर समानको विक्री तथा खरिद डिजिटल माध्यामवाट गरिनेछ । अवको प्रतिष्पर्धा भनेको प्रविधिको प्रतिष्पर्धा हो । यसमा टिक्नका लागी पनि प्रविधिको युगमा पुग्नुपर्ने अध्यक्ष कुमालले वताए ।
हालसम्म करिव २२०० जनालाई तालिम दिईएको र त्यसमा पनि ८६० जना योग्य व्यक्तिहरु उत्पादन भईसकेको समेत अध्यक्ष कुमालले वताए । यहाँवाट उत्पादन भएको जनशक्तिहरु दक्ष र स्वनिर्भर वनेको छ । यसमा नै गर्व लागेको छ । ८६ प्रतिशत व्यक्तिहरु पुन अन्य डिजिटल प्रविधिमा अभ्यस्त हुन सम्पर्कमा आएको हुदाँ पुन सम्पर्क नै आफनो सफलता भएको समेत वताए ।
कार्यक्रम उद्घाटन गर्दे प्रमुख अतिथी श्रेष्ठले ई–कमर्स साथीको सेवा र गुणस्तर अत्यन्तै राम्रो भएको वताए । युवाशक्तिले नै समाज परिवर्तनमा मुख्य भुमिका खेल्ने उदारहण हुन्, विजय कुमाल र ममता शाह, प्रमुख अतिथी श्रेष्ठले भने । विभिन्न प्रतिष्ठीत संस्थाको मोवाईल एपको निर्माण, सप्टवेयरको डिजाईन, डिजिटल मार्केटिङ्ग, वेभसाईट डिजाईन, ग्राफिक डिजाईन, सोसल मिडिया म्यानेजमेन्ट मार्केटिङ, व्यवस्थापन, वेभ म्यानेजमेन्ट, डिजाईनले पोखरेलीको ध्यान खिचेको हुदाँ कुमाल र ममता शाहको कर्मले आफुलाई सन्तुष्ठ दिएको समेत वताए ।
सिभिल ईन्जिनियरिङ्ग सकेर डिजिटलको मार्केटिङ्ग हुदै व्यवसायमा लागेको कुमालले सवैको साथ र सहयोगले आफुले समाजलाई प्रविधिमैत्री वनाउन भुमिका खेल्ने वताए । कुनै न कुनै माध्यामवाट आम जनता डिजिटल प्रविधिमा लागेको हुदाँ यसको सफल प्रयोगले आत्मनिर्भर वन्न सकिने समेत वहाँले वताए ।
देश तथा विदेशका साथीहरु पनि विभिन्न माध्यामवाट सम्पर्कमा आएको वताउदै भौतिक कक्षा र अनलाईनवाट कक्षा दिईएको पनि अर्का संचालिक ममता शाहले वताईन । संस्थाले शुभारम्भको अवसरमा सेवामा ६०% र तालिममा ३० प्रतिशत विशेष छुट दिनेछ ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आमाको मुख हेर्ने दिनमा १८ जना जेष्ठ महिलाहरूलाई सम्मान गर्दै

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.