देशैभरका सामुदायिक विद्यालयहरूमा १२ देखि १८ गतेसम्म तालाबन्दी ः माग पूरा गराउन दवाव

गोरखा

देशभरका सामुदायिक विद्यालयमा विद्यालय कर्मचारी परिषद्ले भाद्र १२ गतेदेखि  तालाबन्दी गरेको छ ।

देशैभर अान्दाेलनकाे क्रममा  तालाबन्दी गरिरहेको परिषद्ले जनाएको छ । तालाबन्दीका क्रममा कतै सहजै रूपमा भएकाे छ भने कतै अलि असहज भएकाे र प्रशाशनिक रूपमा कहीँ कतै असहयाेग भएकाे पनि परिषदले जनाएकाे छ ।

उपत्यकाको विद्यालय तालाबन्दी गर्नको लागि ४१ सदस्यीय समिति गठन भएको परिषद्का महासचिव शान्तिनाथ योगिले जानकारी दिनुभयो ।

जिल्ला जिल्लामा तालाबन्दी गरिसकेको साथै उपत्यकाका विद्यालय बन्द गर्न अनुरोध गरिएको उहाँले बताउनु भयो ।

जबर्जस्ती ताला लागाउँदा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकारले लिनुपर्ने उहाँको भनाइ छ ।

सरकारले तलबमा विभेद गरेको भन्दै विद्यालय कर्मचारीहरु यही भदौ १ गतेदेखि आन्दोलित हुँदै आएका छन् । उनीहरूको माग सम्बोधन नभएसम्म निरन्तर आन्दोलन गर्ने अडान लिंदै आएका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.