भीमसेन थापा गाउँपालिकामा १०० दिनकाे कामहरूकाे सार्वजनिकरण

गाेरखा ।

गाेरखाकाे भीभसेन थापा गाउँपालिकाले निर्वाचनपछिका १०० दिनकाे कामकाे सार्वजनिकरण गरेकाे छ ।

पालिकाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका कार्यहरूमा लाेकप्रिय कार्यहरू भएकाे बताइएकाे छ ।

पालिकाले गाउँ गाउँमा पुगेर नागरिकहरुकाे स्वास्थ्य चेकजाँच देखि, टाेल टाेलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जस्ता लाेकप्रिय कार्यहरू गरेकाे दावी गरेकाे छ । 

स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित भएपछिको एक सय दिनमा पालिकाले गरेका गतिविधीलाई समेटेर  संचारकर्मी, राजनीतिक दलका नेता, संघ संस्थाका प्रतिनिधि, कार्यपालिका सदस्यहरुको उपस्थितिमा आईतवार पालिकामा भएका कामकाे बारेमा सार्वजनिक गरिएकाे हाे ।

२०७९\८० का लागि ६२ करोड २६ लाख बजेट बिनियोजन गरेको, घरघरमा स्वास्थ्यकर्मी परिचालन गरी दुई हजार छ सय ५६ जना जेष्ठ तथा अशक्तलाई गाउँपालिका अध्यक्ष घरदैलो कार्यक्रम अन्तरगत सेवा दिएको, ग्रामिण अल्ट्रासाउण्ड मार्फत गर्भवती महिलालाई निशुल्क एक्सरे सुविधा उपलब्ध गराएको गाउँपालिका अध्यक्ष लाेक प्रसाद बञ्जराले जानकारी दिए ।

विद्यालयका किशोरीहरुलाई छ हजार तीन सय ८५ सेनेटरी प्याड बितरण गरेको, सरस्वती माविमा प्राविधिक शिक्षा पढाईको अनुमती लिन सफल भएको, वडा नम्बर ३ मा रहेको बुढीगण्डकी आश्रममा मासिक स्वास्थ्य सेवा सुरु गरेको, ६८ वर्ष पुगेकालाई स्वास्थ्य बिमामा आवद्ध गराउन बिमा दर्ता सहभागी परिचालन गराएको, मेघा र सांग्रीला बैंकको सहयोगमा वडागत रुपमा सामाजिक सुरक्षा भत्ता बितरणलाई उनले सय दिनको मुख्य उपलब्धीका रुपमा प्रस्तुत गरे ।

गाउँपालिका अध्यक्ष बञ्जाराले गापा भित्र संचालित एउटा एम्बुलेन्सलाई ‘ख’ बर्गको एम्बुलेन्स बनाउने काम अघि बढेको बताएका छन् । कर्मचारीबिच कार्यसम्पादन करार भएको, घ्याम्पेशालको सव स्टेशन निर्माणको विषयमा भएका समस्या समाधानकालागि पहल लिएको, सिप बिकासका तालिम संचालन गरेको उनले बताए ।

विद्युतीय प्रणालीबाट भुक्तानी थालेको, स्थायी वा अस्थायी रुपमा पालिका भित्र बसोबास गर्दै आएका कोभिड प्रभावित चार सय ५३ परिवारलाई प्रति परिवार १० हजारका दररले उपलब्ध गराएको, पालिकाको केन्द्रमा बाणिज्य बैंकको काउन्टर स्थापन गर्न प्रस्ताब गरेको, बोर्लाङमा बाणिज्य बैंकको काउन्टर माग गरेको, रोटरी क्लवको सहयोगमा ह्विल चियर बितरण गरेको, सडक छेउमा वृक्षारोपण गरिएको अध्यक्ष बञ्जाराले बताए ।

सामाजिक सुरक्षा दर्ता शिविर सञ्चाल, अश्राङ स्वजास्थ्य चौकीलाई १० वेडको अस्पताल बनाउन प्रक्रिया सुरु, हेलो अध्यक्ष प्रत्यक्ष विद्यार्थी संम्बाद कार्यक्रम सञ्चालन, गुनासो चौतारी कार्यक्रम संचालन, कानुनी तथा आर्थिक विषयको अभिमुखिकरण, शहीद तथा बेपत्ता परिवारसँग अन्तरक्रिया, योजना तर्जुमा तथ बिकास निमाणमा सहभागीतामुलक छलफलमा जोड दिएको सय दिन विषयलाई भिमसेन थापा गाउँपालिकाले सय दिने उपलब्धी मानेको छ ।

३१ जना अपाङ्गता भएकालाई परिचय पत्र, न्यायिक समितिमा आएका तीनवटा उजुरी मध्ये २ फस्र्यौट, शैक्षिक गुणस्तर सुदृढिकरण अनुदान अन्तरगत विद्यालयलाई सहयोग, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत विद्यालयलाई सहयोग, दिवा खाजा ब्यवस्थापनका लागि कक्षा ६ र ७ लाई टिफिन बक्स उपलब्ध, ११ विद्यालयमा रुम टु रिड को सहयोगमा कार्यक्रम संचालन, २०७९ का लागि शैक्षिक कार्यपात्रो बितरण, स्वास्थ्य संस्थामा कम्प्यूटर सहयोग गरिएको उनले बताए ।

पोसिलो झोला मार्फत पोषण सामग्री बितरण सुरु गरिएको, तीन हजार नौ सय ८५ लाभग्राही सामाजिक सुरक्षामा आवद्ध गराइएको, प्रदेश मार्फत माग गरिएका योजनालाई पनि गाउँपालिकाले एक सय दिनको उपलब्धीमा समेटेको छ ।

उपभोक्ता समितिलाई अभिमुखिकरण, प्रधानमन्त्री स्वरोजगारका कार्यक्रम पाँचवटा आयोजना संचालन, स्वरोजगार कार्यक्रम ७७ जनालाई रोजगारी उपलब्ध गराइएको, स्मार्ट गाउँपालिका बनाउन, सफट्वेयर निर्माण गर्न अभिमुखिकरण संचालन गरिएको, कर्मचारी संगठन तथा ब्यवस्थापन, भिमसेन थापाको दुई सय ४८ औँ जन्मजयन्तीको आयोजना गरिएको, भुमिहिन दलित र सुकुम्बासी, अब्यवस्थीत बसोबासीलाई जग्गा उपलब्ध गराउन लगत संकलन गरिएको अध्यक्ष बञ्जाराले आफ्नो सयदिने कामको बिवरणमा उल्लेख गरेका छन् ।

गाउँपालिकाको प्रमुख प्रशासकिय भबन तीन करोड ४० लाखमा ठेक्का भएर २५ प्रतिशत काम पुरा भएकोदेखि खानेपानी, स्वास्थ्य संस्थाको भबन निर्माणका अन्य बिकासे योजनाहरुको बिवरण पनि उनले समेटेका छन् ।

एक सय दिनमा भएका कार्यप्रगती प्रस्तुतीकरण कार्यक्रममा सहभागी कार्यपालिका सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरुले पनि सुझाब राखेका थिए । कार्यक्रममा सहभागीलाई प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले स्वागत गरेका थिए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.