निर्वाचन सामग्री समयमा छापिन्छ, पुस्तक समयमा छापिँदैन

देशव्यापी रूपमा २०७९ सालकाे नयाँ शैक्षिक सत्र जेठ १ गतेदेखि शुरू भइसकेकाे छ । तर बिद्यार्थीहरूकाे हातमा भने पुस्तक छैन ।

बिद्यालय खुल्नुअघि नै पुस्तकहरू बिद्यालयमा पगिसक्नु पर्ने र भर्नासँगै बिद्यार्थीले हातमा पुस्तक पाउनुपर्नेमा त्यसाे हुन सकिरहेकाे छैन ।

सरकारले भने निर्वाचन सामग्री छपाइ लगायतका कामले गर्दा पुस्तक छाप्न ढिलाइ भइरहेकाे बताइरहेकाे छ । निर्वाचन लगायत अन्य सामग्री चाहीँ समयमा पुर्याउन सक्ने तर बालबालिकाकाे पुस्तक छपाइ भने समयमा गर्न नसक्नु सरकारकाे कमजाेरी भएकाे शिक्षाबिदहरू बताउँछन् ।

यस्ता समस्या यस बर्षमात्र नभइ हरेक बर्ष दाेहाेरिरहनुले शिक्षाप्रति ध्यान पुग्न नसकेकाे अाभाष हुन्छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.