गोरखाका सञ्चारकर्मीहरुलाई ५ दिने पत्रकारिता तालिम

गोरखा, ७ वैशाख ।

गाेरखा जिल्लामा कार्यरत पत्रकारहरूका लागि अाधारभू पत्रकारिता तथा माेवाइल पत्रकारिता सम्बन्धी ५ दिने तालिमकाे शुरूवात भएकाे छ ।

पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजना तथा महासंघ गोरखा शाखाको समन्वयमा आन्तरिक मामिला मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

तालिम बैशाख ७ गतेदेखी ११ गते सम्म सञ्चालने हुने पत्रकार महासंघ गोरखाका सचिव विकास महराठ्ठाले जानकारी दिनु भयो । सचिव महराठ्ठाका अनुसार तालिम अवधिभर पत्रकारिता के हो, पत्रकारिता कसरी गर्ने र मल्टिमिडियाको बारेमा प्रशिक्षण गरिने बताउनु भएको छ । तालिमको पहिलो दिन आज नागरिक दैनिक पोखराका वरिष्ठ पत्रकार सन्तोष पौडेलले सहजिकरण गर्नु भएको थियो ।

पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव कैलाश बाबु श्रेष्ठको प्रमुख आतिथ्यता तथा पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटाको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको हो । तालिममा जिल्लाका क्रियाशिल तथा वरिष्ठ पत्रकार र द्रव्यशाह बहुमुखी क्याम्पसमा अध्यानरत छात्राहरुको उपस्थित रहेको थियो । तालिममा प्रमुख अतिथि श्रेष्ठ र पत्रकार महासंघ गण्डकी प्रदेशका राजेन्द्र न्यौपानेले सम्बोधन तथा मन्तव्य राख्नु भएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.